नेकपा सचेतक चौधरी सम्बोधन गर्ने क्रममा बेहोस भएपछि …

159

फागुन २८,
तुलसीपुर- नेकपा नेतृ तथा संसदीय दलकी सचेतक शान्ता चौधरी कार्यक्रममा बोल्दाबोल्दै बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।मंगलबार विहान करिब ९ बजे तिर तुलसीपुर स्थित सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिब्रो लरबराएर ढलेकी गिईन् । त्यस पछि लगतै उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेर भर्ना गरिएको नेतृ चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिएका छन ।

ढले लगत्तै बेहोस भएकी चौधरीको प्रारभीक उपचार पछि होस भने खुलेको छ । नेतृ चौधरीको उपचारमा संलग्न डा. पदमराज अधिकारीले रिर्पोट आएपछि मात्रै उनको समस्याका बारेमा भन्न सकिने बताए ।