गाउँलेलाई पानी खुवाए तर आफुले खान पाएनन्ः सन्चरसिं र नरबहादुको मृत्युमा रोयो काभ्रे

116

-सरोज सापकोटा
जेठ ६ , काभ्रे– काभ्रेपलान्चोक जिल्ला स्थित रोशी गाउँपालिका वडा नम्बर १०, वाल्टिङ भाङ्गेटारका एकाघरका दुई दाजुभाइको खानेपानीकै निहुमा ज्यान गएको छ । रोशी गाउँपालिकाकै विकट क्षेत्रको रुपमा रहेको वाल्टिङ्गको भाङ्गेटारका ५० वर्षीय सन्चरसिं लामा र ४० वर्षीय नरबहादुर लामाले खानेपानीकै कारण अनाहकमा आफ्नो ज्यान गुमाउन बाध्य भएका हुन् । जिल्लाकै बिकट डाँडापारि स्थित साबिक बुढाखानि गाबिस हालको महाभारत गाउँपालिकाको टुनिबास नजिकै रहेको बाँसपाते बाट गाउँमा खानेपानी ल्याईएको थियो । स्थानिय लिलाबहादुर यस्मालिका अनुसार गाउँमा खानेपानीको चरम अभाब भएसङ्गेै २०६३ सालमा साबिक वाल्टिङ्ग गाबिस बाट ४ लाख रुपैयाँ छुट्याएर खानेपानीको समस्या समाधान गरिएको थियो ।

गाउँबाट मुहान टाढा भएका कारण खानेपानी बनाउन घण्टौं लगाएर जानु पर्ने बाध्यता रहेको थियो । त्यही बाध्यताका कारण गाउँमा खानेपानी बनाउने निहुमा २ जनाको ज्यान गएको छ । उनले दुखेसो पोख्दै भने गाउँमा बसेपछि सबै कुराको समस्या र अभाब त्यहि अभाब हटाउने क्रममा दुईजना साथिको ज्यान गयो हामी गाउँले धेरै दुखित छौँ । गाउँमा खानेपानी नआएको करिब १ महिना भएको थियो गाउँका युवा केटाहरु सबै बिदेश र काठमाण्डौ रहेका कारण खानेपानी बनाउन जाने कोहि थिएनन् । नरबहादुर पनि २ दिन अघिमात्र काठमाण्डौ बाट घर आएका थिए ।

घरमा पानीको समस्या देखेपछि उनको मनले मानेन र खानेपानी बनाउन आफ्ना जेठा दाजु सन्चर सिं लाई अनुरोध गरि आफु पानी बनाउन जाने र खाजा लिएर आउनु भन्दै साथी कुकुर लिएर नरबहादुर मुहान तिर लागे पानी बनाए अनि गाउँमा फोन गरे पानी पास भयो अरु आउनु पर्दैन म फर्किन लागे यति भन्दै फोन काटेको र दाजु र भाईको बाँसपाते मुहान भन्दा नजिकै भेट भएर खाजा खादैँ गर्दा मुसलधारे वर्षा सँगै परेको चट्याङ्गका कारण नरबहादुर, सन्चर सिं र साथि कुकुरको ज्यान गएको गाउँलेहरुको भनाई छ । गाउँलेका अनुसार करिब १२÷१ बजे तिर मुसलधारे पानी सँगै चट्याङ्ग परेको थियो । हामीलाई पानी बनाएर खुवाए तर उनिहरु आफैँले खान पाएनन् । जेठ १ गते पानी बनाउन गएका उनिहरु भोलि पल्ट सम्म घर नफर्के पछि आफन्त कहाँ बुझ्दा पनि अत्तोपत्तो नभए सँगै खोजबिन गर्ने क्रममा नरबहादुर र सन्चर सिं का पत्नीहरुले उनिहरुको लास घना जङ्गलको बिचमा खस्रुको रुखमुनि जेठ ३ गते मात्र भेटाएका थिए । पछि उनिहरु गाउँमा हार गुहार मागे पश्चात् सबैजना भेला भएको बताईएको छ ।

शरीरमा कतै चोटपटक नलागेको तर शरीर जलेको अवस्थामा शब भेटिएको थियो । उनीहरुसँगै गएको कुकुर पनि सोही ठाउँमा मरेको अवस्थामा भेटिएको थियो । शरीर केही जलेको जस्तो, एक जनाको आँखा फुटेको र अर्कोको कपडा च्यातिएको अवस्थामा भेटिएको थियो । यस कारण पनि चट्याङ लागेर मृत्यु भएको हुनसक्ने वडा अध्यक्ष दुधराज तामाङ बताउँछन् । उता ईलाका प्रहरी कार्यालय मङ्लटारका प्रहरी निरिक्षक सुशील केसीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय मंगलटार र जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट प्रहरी पुगेर लासको मुचुल्का उठाई पोस्ट मार्टम शिरमेमोरियल अस्पताल बनेपामा गरिए सँगै जेठ ४ गते स्वयम्भुमा लामा विधि अनुसार दाहसंस्कार गरिएको छ ।

रोशी गाउँपालिकाका प्रमुख डिबि लामाका अनुसार, गाउँपालिकाले उनिहरुलाई विपत् व्यबस्थापन कोष बाट सहयोग गर्न लागेको बताए । यस्तो बिपद् जो कोहि लाई पर्छ त्यसकै लागि हामीले बिपद् व्यबस्थापन कोष खडा गरेका छौँ यो धेरै नै दुखद् घटना हो अब यस्ता घटना नदोहारियोस् भनेर गाउँपालिकाले ठाउँ ठाउँमा अर्थिङ्ग राख्ने योजना बनाएको समेत बताए । वडा अध्यक्ष तामाङ्का अनुसार उनिहरुको खानेपानीको समस्याका लागि वडाले भरपुर सहयोग गर्ने बताए । उनिहरुको आर्थिक अबस्था कमजोर रहेको भन्दै कोहि सहयोगि हातहरु भए सहयोग गरिदिन अनुरोध समेत गरे । उनिहरु लाई पाइपको समस्या परेको हो अब हामी योजना बनाएर कति पाइप चाहिने त्यसको काम अगाडि बढाउने छौं । मृतक नरबहादुरको १ छोरा ३ वटी छोरी रहेका छन् भने सन्चर सिं को ३ छोरी र ३ छोरा रहेका छन् । घरमुली कमाएर ल्याउने बाबुको मृत्यु भए सँगै उनिहरुको पठन पाठन र घरायसी कुरामा समस्या हुने भएको स्थानिय मुना हुमागाईले गुनासो पोखिन् । कहि कतै बाट कसैले उनिहरुको पठन पाठनमा सहयोग गरे धेरै धर्म हुने थियो । उनिहरुका छोरा छोरीहरु नजिकै रहेको महाभारत प्रा।वि। र श्री पञ्चकन्या माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् ।
-पलपलकोडटकम बाट साभार गरिएको