ट्रेड युनियन कांग्रेस प्रदेश-३ को गोष्ठी सम्पन्न

90

जेठ ७,
मन्थली । नेपाल ट्रेड युनियन कांग्रेस, प्रदेश-३ को बैठक तथा गोष्ठी रामेछापको मन्थलीमा सम्पन्न भएको छ ।

बैठकको उद्घाटन गर्नु हुँदै ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुमार कुवारले हरेक परिवर्तनमा श्रमिकले महत्त्वपूर्ण योगदान पुर्‍याएको भए पनि श्रमिकको समस्या जहाँको त्यही भएकोले श्रमिकको हक अधिकार दिलाउन अझ बढी काम गर्नु पर्ने बताउनु हुदैँ स्थानीय निकायसम्म संरचना गठन गरि श्रमिकको पक्षमा काम गर्न निर्देशन दिनु भयो । कांग्रेस रामेछापका सभापति लव श्री न्यौपानेले जुन देशले श्रमको सम्मान गर्न सक्दैन त्यो देशले प्रगति गर्न नसक्ने बताउनु भयो । ट्रेड युनियनका केन्द्रीय सदस्य बलदेव तामाङले अबको कार्य संगठन विस्तार, संगठन सुदृढीकरण , परिचालन , व्यवस्थापन र वैचारिक सुदृढीकरण गर्दै युवा जमातलाई युनियनको दायरा भित्र ल्याउनु पर्ने बताउनु भयो । बैठकले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गराउन विभिन्न दबाबका अभियान गर्ने र संगठन सुदृढीकरण अभियान थाल्ने निर्णय गरेका छन् ।

प्रदेश भरीका ६५ जनालाई ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुमार कुवारले ट्रेड युनियन कांग्रेसको आगामी कार्यदिशा, ट्रेड युनियन आन्दोलन, योगदानमा अधारित सामाजिक सुरक्षा र श्रम कानुनबारे प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम प्रदेश-३ का कार्यवाहक अध्यक्ष घनाश्याम चापागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।