फेवातालमा प्याराग्लाइडिङ खस्यो

95

पोखरा । कास्कीको सराङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ । फेवाताल पुगेका सुरक्षाकर्मीले उद्धारका लागि प्रयास गरिरहेको छ । फेवातालमै रहेको सशस्त्र प्रहरीको टोलीले पनि उद्धार प्रयास गरिरहेको छ । प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा तालको मध्य भागमा खसेको हो। स्लोपाइलट वा टेन्डम हो खुलिनसकेको प्रहरीको भनाई छ। यद्यपी विदेशी नागरिक हुन सक्ने प्रहरीको अनुमान छ। थप विवरण आउन बाँकी छ ।