भारतीय प्रधानमन्त्री मोदीलाई ‘रावण’को चुनौति

83

एजेन्सी, फागुन ३०
काठमाडौँ -भारतमा निर्वाचनको तिथि नजिकिँदै गएपछि चुनावी सारगर्मी बढेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी यसपाली पनि वनारसवाटै चुनाव लड्दैछन् भने उनको प्रत्यासीका रुपमा खडा भएका छन् चन्द्रशेखर आजाद ‘रावण’ । दलित अभियन्ता रावणले मोदीलाई चुनाव हराउने अपेक्षा अलि हतारो हुनसक्छ । तर, रावण अहिले सिंगो भाजपाका लागि टाउको दुखाईको विषय बनेको छ ।

को हुन् रावाण ?
भीम आर्मीका संस्थापक चन्द्रशेखर आजार्द (रावण) १५ महिना जेल बसेर आएका युवा हुन् । उनको जन्म सहारनपुरको चटमलपुर नजिकै धडुकुली गाउँमा भएको थियो । जिल्लाकै स्थानिय कलेजमा उनले कानुन पढे । पहिलो पटक सन २०१५ मा विवादमा परे, विवादको कारण थियो एउटा साईन बोर्ड । उनले आफ्नो गाउँमा एउटा बोर्ड राख्दै लेखेका थिए ‘धड्काली वेलकम यु द ग्रेट चमार्स’ । सोही बोर्डको कारण गाउँमा ठाकुर र दलितविच तनाव पैदा भयो । तर, चन्द्रशेखरलाई त्यहि विषयले चर्चामा ल्यायो । उनी सामाजिक सञ्जालमा चर्चाको विषय बने ।

चन्द्रशेखरले आफ्नो तागत यसरि देखाए । नयाँ दिल्लीको जन्तर मन्तरमा आयोजित प्रहरी कार्वाहीको बिरुद्ध प्रदर्शनमा उत्रिए । जहाँ दलितहरुको उपस्थिती निकै थियो । उनले त्यहि घोषणा गरे ‘यदि ३७ निर्दोशत दलितहरुलाई जमानतमा रिहा गर्ने हो भने म आत्मसमर्पण गर्छु ।’

५ मे २०१७ मा सहारनपुर भन्दा २५ किलोमिटर पर शब्दीरपुर गाउँमा राजपुत र दलितविच हिंसा भयो । उक्त हिँसामा २५ दलितको घरमा आगो लगाईयो भने ३७ युवालाई प्रहरीले समातेर जेल हाल्यो । ३०० बिरुद्ध उजुरी गरियो । सोही घटनाको विरोधमा चन्द्रशेखरले दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गरेको थियो ।-राजधानी दैनिकबाट