राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली स्वीकृत

139

फागुन २६,
काठमाडौँ -‘राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५, लाई विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सदस्य दिलकुमारी रावलले प्रस्तुत गर्नुभएको सो प्रस्ताव छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो ।

छलफलमा भाग लिँदै सांसद जीतेन्द्रनारायण देवले लोकतान्त्रिक मूल्यमान्यताका आधारमा नियमावलीलाई समेट्नुपर्ने बताउनुभयो । सांसद रामलखन चमारले नियमावलीले समानुपातिक पद्धतिलाई अवलम्बन नगरेको भन्दै समावेशितालाई समावेश गर्नुपर्ने माग गर्नुभयो । समिति सदस्य रावलले सभामा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद विकास विधेयक २०७५, छलफलका लागि सभासमक्ष पेश गर्नुभयो ।-रासस