सृष्टिलाई ‘पोइ पर्यो काले’ सौगात

306

जेठ ७,
काठमाडौँ । चलचित्र ‘पोई प¥यो काले’को सोमबार काठमाडौंमा एक समारोहबीच मुहूर्त गरिएको छ । पुरानो गीत ‘ए दिदी पोइ प¥यो काले‘’ लाई समेटेर नयाँ चलचित्र ‘पोई प¥यो काले’को निर्माण सुरु भएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष एवं कलाकार केशव भट्टराईले मुहूर्त सर्टको निर्देशन गरे । चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । राणाले नै यसकोस्क्रिप्ट लेखेका हुन् । चलचित्रका मुख्य कलाकार सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठले ‘ए दिदी पोइ प¥यो काले‘’ गीतमा नृत्य गर्दै मुहूर्त सर्ट दिए ।

पोइ पर¥यो कालेमा काले पोइको भूमिकामा सौगात मल्ल प्रस्तुत हुने भएका छन् । यसमा सौगात मल्ल र सृष्टि श्रेष्ठ जोडी बन्ने भएकाले सृष्टिको कालो पोइको रूपमा सौगात देखिँदै छन् । चलचित्रमा अभिनेत्री पूजा शर्मा र अर्का अभिनेता आकाश श्रेष्ठ पनि जोडी बनेर प्रस्तुत हुँदै छन् । सृष्टि र पूजा दिदी बहिनीको भूमिकामा हुनेछन् । अर्की अभिनेत्री सुरक्षा पन्त यसमा अतिथि भूमिकामा छिन् ।

यस्तै, सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल र निर्देशक शिशिर राणालगायतको पनि यसमा अभिनय रहनेछ ।
फिल्मको छायाकारमा शिव ढकाल र सम्पादकमा तारा थापा किम्भे छन् । यस्तै, कविराज गहतराज, रामजी लामिछाने, र रविन शाहको नृत्य निर्देशन तथा सुवास भुसाल र पुरुषोत्तम लामिछानेको संगीत रहनेछ । मनाङका प्रदेश सभा सदस्य राजीव गुरुङले यो चलचित्र निर्माण गर्दै छन् । त्यस्तै, अरू निर्मातामा देवी राई, किरण नेपाली र रघु परियार छन् भने सहनिर्मातामा अर्जुन खनियाँ र देव तामाङ छन् । १३ जेठदेखि पोखरामा छायांकन सुरु गरिने भएको छ ।