किसानको नाममा आएको बजेटमाः कृषि मन्त्रालयका कर्मचारी मस्ती, श्रीमती सहित विदेशमा

328

फागुन ११,
काठमाडौं । कृषि मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु श्रीमती सहित विदेश शयरमा निस्कने तयारी गर्दैछन् । केही कर्मचारीहरु कार्यक्रमको नाममा विदेशमा पुगेका छन भने केही पुगेर फर्किएका छन् ।
किसानहरुका हितमा खास उल्लेख्य काम गर्न नसकेको कृषि मन्त्रालयका कर्मचारीहरु सबैभन्दा बढी विदेश भ्रमण गर्न कर्मचारीहरुमा पर्दछन् । त्यहाँका कर्मचारीहरु कुनै न कुनै बाहनामा विदेश पुगिरहेका हुन्छन् । विदेश जाँदा दैनिक भत्ता डलरमा खान पाइने भएका कारण विदेश शयरमा कर्मचारीहरुको आकर्षण बढ्दै गएको छ ।
अन्तर्राष्ट्रिय कृषि विकास कोष आईफाड को ऋण अनुदान सहयोगमा सञ्चालित किसानका लागि उन्नत वीउ विजन कार्यक्रमको बजेटमा यतिखेर सचिव पोख्रेल श्रीमती च्यापेर अष्ट्रेलिया पुगेका हुन् । गत २६ गते शुक्रबार सचिव पोख्रेलको टोली अष्ट्रेलिया उडेको हो । एक साता लामो भ्रमणमा भनिएपनि त्यही ऋण अनुदानको रकममा उनी थप केही दिन किसानका लागि आईफाडले दिएको अनुदान रकममा नै मस्त हुने श्रोतले बताएको छ ।
अष्ट्रेलिया भ्रमणमा सचिव डा सुरोज पोख्रेल दम्पती, कृषि मन्त्रालयका सहसचिव डा। योगेन्द्र कार्की, कृषि विभागका महानिर्देशक डा।.डिल्लीराम शर्मा लगायत एक दर्जन भन्दा बढी व्यक्ति रहेको कृषि विकास मन्त्रालय जनाएको छ । त्यसैगरी प्याक्ट आयोजनाको दुइ दर्जन टोली र कृषि तथा खाद्य सुरक्षा आयोनजाको एक दर्जन टोली समेत अष्ट्रलिया भ्रमणबाट फर्किसकेको मन्त्रालयले जनाएकोछ । कृषि मन्त्रालयको कर्मचारीहरुको जम्मो टोली भने श्रीमती बोकेर अष्ट्रेलिया शयरमा निस्किने तयारी गर्दैछन् । यही फागुन सात गते श्रीमती सहित अष्टे«लिया शयर गर्न निस्कनेहरुमा सहसचिव लेखनाथ आचार्य तथा श्रीमती मञ्जुकुमारी पौडेल आचार्य, कृषि विकास मन्त्रालयका कानून शाखाका उपसचिव खिमानन्द भूसाल तथा श्रीमती कमला भण्डारी, जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका आयोजना निर्देशक शिवनन्दन प्रसाद शाह तथा श्रीमती आशाकुमारी शाह, सोही आयोजनाका लेखा अधिकृत टिकाराम रिजालका तथा श्रीमती लक्ष्मी पोख्रेल, सोही परियोजनाका शाखा अधिकृत गौरी अधिकारी तथा श्रीमान शिवहरि अधिकारी सहित रहेको कृषि मन्त्रालय स्रोतले जनाएको छ । यी दुई टोलीको भ्रमणमा मात्र ९० लाख खर्चे हुने कृषि मन्त्रालयका एक अधिकृतले जनाए । साभारः hamroeconomy.com