पोर्न फिल्म हेर्ने छोराको हातै काटिदिए बाबुले

326

एक पुरुषले आफ्नो १९ वर्षीय छोराको हात काटिदिएका छन् ।
छोराको हात काटिदिनुको कारण थियो, मोबाइलमा पोर्न फिल्म हेर्ने छोराको लत । छोराको यस्तो लतबाट आजित बनेका बाउले रिसको झोंकमा हात नै काटिदिए । यो घटना भारतको हैदरावादमा घटेको छ ।
पोर्न फिल्म हेरेको भन्दै छोराको हात काटिदिने बाबुको नाम हो, मोहम्म्द कयूम कुरेसी । उनलाई हत्या प्रयासको अभियोगमा गिरफ्तार गरिएको पुलिसले जनाएको छ । उनले आफ्नो छोरा खालिदलाई सुतिरहेको अवस्थामा आक्रमण गरी धारिलो चक्कूले दायाँ हात काटिदिएका थिए ।
खालिदले पछिल्लो समयमा आफ्ना अन्य कामलाई नजरअन्दाज गरी मोबाइलमा पोर्न फिल्म तथा अन्य अश्लील सामाग्रीहरु हेर्ने बानी बसालेपछि उनका बुवा मोहम्मद आजित बनेका थिए । उनले यस विषयमा खालिदलाई झपारेका पनि थिए । तर बुवाले झपार्दा पनि खादिलको बानी छुटेन ।
त्यसपछि रिसलाई नियन्त्रण गर्न नसकेका मोहम्मदले छुरा प्रहार गरी छोराको दाहिने हात नाडीबाटै छिनालिदिएका हुन् ।