चैत ३० समीकरण .ं ‘लिलिबिली’ भर्सेस ‘नेप्टे’

331

फागुन २९,
काठमाण्डौ । एकै मितिमा एकभन्दा बढी फिल्मले एकसाथ सिनेमा घरमा भिडन्त आरम्भ गर्नु यहाँ अहिले सामान्य भइसकेको छ । हालैमा ‘मंगलम’, ‘हुर्रे’ र ‘गाजा बाजा’ ले एकसाथ प्रदर्शन आरम्भ गर्दा सिनेबजारमा ठूलै तरंग ल्यायो ।
यस्तैमा आउँदो चैत ३० गते हुन लागेको दुई स्टार अभिनेताको भिडन्तले फेरि अर्को चर्चाको विषयलाई जन्म दिएको छ । यो मितिमा युवा स्टार प्रदीप खड्काको फिल्म ‘लिलिबिली’ र दयाहाङ राई अभिनीत फिल्म ‘नेप्टे’ देशैभर एकसाथ प्रदर्शनमा आउँदैछ अहिलेको अवस्थामा यी दुबै नायकको क्रेज बलियो छ । दयाको खस्कँदै गएको क्रेज यस वर्ष प्रदर्शनमा आएको फिल्म मिस्टर झोले र कान्छी ले धेरै माथी उठायो ।