निश्चल, शोभित र माल्भिकाले ‘सिनेस्टार’ छान्ने

178

फगुन २९,
काठमाण्डौ । नेपालमा अन्तर्राष्ट्रियस्तरको अभिनय सम्बन्धि रियालिटी शो ‘नेपाल्स मेघा सिनेस्टार’ हुने भएको छ । यसबारेमा आयोजकले सोमवार काठमाडौंको मल्ल होटलमा पत्रकार सम्मेलन गरेर बताएको छ ।
‘ओ मेगा इन्टरटेनमेन्ट’ को प्रस्तुतीमा हुन लागेको ‘मेघा सिनेस्टार’ एपी वान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । विजेताले २० लाख नगद र एउटा कार प्राप्त गर्ने कार्यक्रम निर्देशक प्रवेश सम्राट बरालले बताए ।