‘हमर बाबुको दिखादो’

189

नागरिक दैनिक
फागुन ३०,
काठमाडौं । दुर्घटना नभईदिएको भए रासनारायण राय यति बेला कान्छो छोरा अवधेशका साथ श्रीमतीलाई लिएर सर्लाहीको कविलासीस्थित आफ्ना घरमा पुगिसकेका हुन्थे ।
जहाँ चार महिनाकी छोरी सोनावनतीलाई काखमा लिएर पुनमदेवी सासु ससुरासँगै श्रीमानको स्वागतमा प्रतीक्षामा थिईन् ।
तर त्यसो हुन सकेन । वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका २३ बर्षीय अवधेशकुमारको राजधानीमा सोमबार भएको विमान दुर्घटनामा जीवन गुमेपछि यो परिवारको खुसीको यात्रा यहीँ रोकिएको छ ।