अर्थमन्त्री खतिवडा आज भारत जाँदै

231

फागुन ३०,
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा भारत भ्रमणमा जाने भएका छन् । आज बुधबार दिउँसो १ बजे अर्थमन्त्री खतिवडा भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ ।
भारतको हरियाणास्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा दिल्ली जान लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । मन्त्रिपरिषदको बैठकले नै यो सम्मेलनमा अर्थमन्त्री खतिवडालाई पठाउने निर्णय गरेको हो ।
तीन दिने सो सम्मेलनमा अर्थमन्त्री खतिवडाले मुख्यवक्ताको रुपमा सम्बोधन गर्नेछन् । उनले कुनै राजनीतिक तथा कुटनीटिक भेटघाट भने नगर्ने दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । भारतको सत्तारुढ भारतीय जनता पार्टीका नजिकका बुद्धिजीवीको संस्था इन्डिया फाउन्डेसनको आयोजनामा हुने कार्यक्रममा भाग लिएर अर्थमन्त्री खतिवडा भोलि बिहीबार नेपाल र्फकनेछन् ।