जहाँ ट्याक्सीको सट्टा हेलिकप्टर चढ्छन्, करोडपतिलाई पनि बस्न ठाउँ छैन्

175

विश्वको हरेक देशले धेरैथोरै पुँजीपतिलाई आफ्नो देशमा आउन, लगानी गर्न निम्ता दिन्छन् । पुँजीपतिहरूले आफ्नो देशमा लगानी गरून् र आफ्नो उन्नति हुन्छ भन्ने सोचाइ रहन्छ ।
तर संसारमा एउटा यस्तो देश पनि छ, जहाँ पुँजीपतिदेखि अघाइसकेको छ ।तपाईंहरू एक यस्तो देशको कल्पना गर्नुहोस्, जुन कुनै टोलभन्दा पनि सानो छ र यसको आकार केवल २ वर्ग किमि छ । यहाँका सडकहरू खुल्ला र शान्त छन् । गल्लीहरूमा फोहोर छैन । त्यहाँका बासिन्दाहरूले कुनै आयकर तिर्नु पर्दैन ।यो एक यस्तो ठाउँ हो जहाँका कार रेस र डुङ्गा रेसमा मानिसहरू मन बहलाउँछन् । कतै जानका लागि ट्याक्सीको सट्टा हेलिकप्टर चढ्छन् ।यो एक यस्तो देश हो, जहाँ प्रत्येक मानिस करोडपति मात्र होइन, अरबपति छ । गरिबीसँग लडिरहेको दुनियाँमा त्यो सानो देश हो– मोनाको । एउटा सहर बराबरको देश, जुन फ्रान्सको भूमध्य सागरको तटीय क्षेत्रमा छ । विश्वभरीका धनीहरू यहाँ आफ्नो स्थान जमाउन चाहन्छन् । यहाँको समुद्र्र र समुद्र्रीतटले धेरै धनीहरूलाई आफूतर्फ तान्छ ।

धनीहरूको राजधानी

सहर जत्रो यो देश मोनाकोमा ठाउँको यति कमी भएको छ कि अब धनीहरूलाई बसाल्नका लागि समुद्रमा द्वीप नै बनाइँदै छ । मोनाकोलाई विश्वमा धनीहरूको राजधानी भनिन्छ । जनसङ्ख्याका आधारमा यहाँ विश्वभरीका सबैभन्दा बढी धनी बस्छन् । यसकारण यहाँको औसत आय पनि करोडमा छ ।यदि तपाईं फ्रान्सको भूमध्य सागरको तटको किनारै किनार हिँड्नु भयो भने कङ्कड र ढुङ्गा भएको सुन्द्रको किनारको बीच–बीचमा घामबाट बच्नका लागि छाता बनाइएका हुन्छन् र बीचमा साइप्रसको वनस्पति देखिन्छ ।

अगाडि बढ्ने हो भने अचानक तपाईं अग्ला अग्ला घरहरूले घेरेको जङ्गलले घेरेको पाउनु हुने छ । शान्त समुद्र्री किनाराभन्दा केही टाढा चम्किरहेका भवनहरूले भिन्नै विश्वमा पुर्याएको महसुस हुने छ । यहाँका बीच सडकमा रफ्तारमा गुडिरहेका बुगी, राल्स रायस र मेबाख जस्ता करोडौँ मूल्यका गाडीहरू पनि देख्न सकिन्छन् । यही विश्वको प्रख्यात क्यासिनो पनि देख्न सकिन्छ ।मोनाको सबैभन्दा कम जमिन भएको र सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । यसलाई विश्वभरीका धनीहरूको खेल मैदान भनिन्छ । हरक धनी यहाँ बस्न चाहन्छन् । परिणाम यो कि यहाँ प्रोपटीको मूल्य अचाक्ली बढी रहेको छ । मोनाकोमा अहिले घरको मूल्य १ लाख ७ हजार २०० देखि २ लाख २७ हजार २ सय प्रतिवर्ग मिटर पर्छ ।

ट्याक्स बचाउनका लागि स्वर्ग

तपाईं यो सोचिरहनु भएको होला यहाँ विश्वभरीका धनीहरू किन बस्न चाहन्छन् भने यहाँको सी–भ्यु शानदार पनि होइन । वास्तमवमा यो देश ट्याक्स बचाउनको लागि स्वर्ग नै हो । मानिस मोनाको यसकारण आउन चाहन्छन्, किनभने उनीहरू ट्याक्सबाट बच्न चाहन्छन् । मोनाकोमा ट्याक्स लाग्छ न करपोरेसन ट्याक्स । यहि कारण हो कि विश्वभरीका धनीहरू यही बस्न चाहन्छन् । मोनाकोको कुल जनसङ्ख्या ३८ हजार छ । यसको एक तिहाइ जनसङ्ख्या अरबपतिहरूको छ । अरबपतिहरूको सङ्ख्यामा स्विजरल्यान्डको जेनेभा र ज्युरिखको नम्बर मोनाको पछि नै आउँछ । विज्ञहरू भन्छन्, यदि दस वर्षमा यहाँ १६ हजारभन्दा बढी अरबपति आएर बस्ने बारे सोच्न सक्छन् ।तर मोनाकोमा अब कुनै धनीका लागि ठाउँ नै बचेको छैन ।

मोनाको विस्तारको महत्वकाङ्क्षी योजना

मोनाकोको क्षेत्रफल २।०२ वर्ग किमि छ । यो भेटिकन सिटीपछि विश्वको दोस्रो सानो देश हो । यहाँ भवन बनाउनका लागि जमिन छैन, सबै सकिसक्यो । यहाँसम्म कि पहाडहरूमाथि, जमिन मुन र आधा आकाससम्म भवन बनिसकेका छन् । तर पनि मोनाकोमा बस्ने धनीहरूको चाहना बढ्दै गएको छ । अब यी मानिसहरूलाई बस्नका लागि मोनाकोका शासक अल्बर्टले धेरै ठूलो योजना बनाएको छ । अब समुद्र्रमा भवन बनाएर मानिसहरूलाई बसाउने तयारी हुँदै छ । समुद्र्रबाट जमिन खोस्ने यस योजनामा निजी लगानीकर्ताको पैसा लागेको छ । तर मोनाकोको सरकारले यो प्रोजेक्टको अनुगमन गरिरहेको छ । यो प्रोजेक्ट २।१ अरब डलरको हो । जसबाट मोनाको क्षेत्रमा १५ एक्कड जमिन फाइदा हुने छ । यसमा ३० जहाज ल्यान्ड गर्न सकिने बन्दरगाह, एक शानदार पार्क र ठूलो भवन बन्नेछ । यसमा १ सय २० वटा घर निर्माण हुने छन् । समुद्र्रबाट जमिन खोस्नु त्यति सहज काम हैन । यसका लागि उर्लेर आउने समुद्र्री छालको बीचमा कङ्क्रिटको पर्खाल लगाउनु पर्छ, जुन धेरै ठूलो चुनौती हो । फेरि पनि पर्खालका बीचमा जम्मा भएको पानी निकालेर खाली ठाउँमा बालुवा भर्नु पर्छ । यो बालुवा इटलीबाट मगाइँदै छ ।

समुद्र्री जीवलाई क्षति
यस्तो विस्तार गर्दा निकै ठूलो मूल्य चुकाउनुपर्छ । यस काम गर्ने फ्रेन्च कम्पनीको भनाइ छ, उसले समुद्र्रबाट निकालिएको जमिनका सबै जीव जन्तुहरूको पूरा सुरक्षाका साथ अर्को ठाउँ लैजाने छ । यसपछि जमिनको मुनी थ्री डी प्रिन्टेड मुँगेको चट्टान बनाउने छ । यस कामका लागि समुद्र्री जीवलाई हानि हुन्छ कि हुँदैन निश्चित गर्नुछ ।
मोनाको यो प्रोजेक्टबाट धेरै मात्रामा जीव मारिने अनुमान गरिँदैछ । यिनको ठाउँ सुख्खा बालुवा लिने छ । उसो त मोनाकोको समुद्र्रमा विस्तारको यो कुनै पहिलो प्रोजेक्ट होइन । १८६१ देखि लिएर अहिलेसम्म मोनाको समुद्र्रमा आफ्नो जमिन २१ प्रतिशत बढाइसकेको छ । यस्तो जमिनको विस्तार बढ्दो मागको कारण गरिँदै छ । यद्यपि मोनाकोका शासक प्रिन्स अल्बर्ट द्विपिय पर्यावरणलाई लिएर धेरै गम्भीर छन् । उनी स्वयम् इलेक्ट्रिक कार चढ्छन् । साथै प्रिन्स अल्बर्टले पर्यावरणसँग जोडिएका विषयका लागि धेरै रकम दान पनि दिएका छन् । प्रिन्स अल्बर्टको बुझाइ के छ भने उनको देशले यस्तो प्रोजेक्ट सावधानीपूर्वक लागू गर्नुपर्छ पर्यावरणलाई बचाउन सकियोस ।समुद्र्रमा जमिनको भाग बढाउने योजनामा काम गरिरहेको बिल्डरहरूकालागि धेरै चुनौती अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्नु हो । यो प्रोजेक्ट धर्तीका लागि हानिकारक छैन भनेर उनले सावित गर्नुपर्छ । बन्दरगाहबाट पर्यावरणका लागि हानिकारक हुने छैन । आसा छ, यो प्रोजेक्ट विश्वभरीका लागि उदाहरण बनोस् र कुनै क्षतिबिना नै समृद्धिका प्रोजेक्ट लागू गर्न सकियोस । बीबीसी/रातोपाटी