‘औँठी बेचेर म्युजिक भिडियो बनाएँ’

210

श्रीकृष्ण लुईँटेल “बोकेदाह्री” पछिल्लो समय उनको नयाँ म्युजिक भिडियो रावणका कारण चर्चामा रहेका छन । कमेडी शैलीका गित संगीतमा जमेका उनी पछिललो समय झापाको बिर्तामोडमा रहेर यही क्षेत्रमा संघर्षरत रहेका छन । मोरङको सलकपुरमा मातापिता लक्ष्मीप्रसाद र अम्बिकादेबी लुँईटेलको जेठो सन्तानका रुपमा २०३३ साल भदौ ११ गते शुक्रबार जन्मिएका लुईटेलले सुकुना बहुमुखी क्याम्पस र इटहरकिो जनता क्याम्पसबाट बिए,बिएड सम्मको अध्यायन गरेका छन । सानैदेखि गीत संगीतमा रुचि राख्ने उनी समाजमा भएका बिकृति र बिसंगतिलाई गीत संगीत मार्फत प्रस्तुत गर्न खप्पिस रहेका छन । ए बाऊ किन्देऊ न भटभटे,नामको गित गाएर चर्चामा आएका उनले अहिले सम्म ६ वटा नेपाली चलचित्रमा अभिनय गर्नुका साथै हरेक बर्ष एक गीति एलबम समेत बजारमा ल्याउने गरेका छन । उका दर्जनौ गितहरु चर्चित रहेका छन । उनको भर्खरै बजारमा आएको रावण को म्युजिक भिडियोले यतिबेला बजार तताएको छ । कुराकानीका अंशहरु ः

पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?
-पछिल्लो समय मैले भर्खरै बजारमा ल्याएको रावण गीतको भिडियोको प्रमोसनका लागी बिभिन्न ठाँउहरुमा पुगिरहेको छु । यस्कै काममा ब्यस्त भन्नुपर्यो ।

कस्तो छ दर्शक र स्रोताको प्रतिक्रिया ?
-एकदमै राम्रो छ । समाजमा भएको बास्तबिक घटना बाहिर ल्याएको भन्दै धेरैजनाले मनपराई दिनुभएको छ । केही पुरुष साथीहरुले चाँहि मन पराउनु भएको छैन । उहाँहरुले अश्लिल गाली नै गर्नुभएको छ । जो चाँहि मैले भिडियोमा समेटेको रावण चरित्र सँग मेल खान्छ । उहाँहरुले चाँहि आफनो कथा बाहिर आयो भनेर मलाई गाली गर्नुभएको छ ।

यो भिडियो तयार पार्न कति खर्च भयो ?
-यो भिडियोका लागी अढाईलाख बढी खर्च भएको छ । मैले भिडियोका लागी धेरै मेहनत पनि गरेको छु । बिगतमा भन्दा यो भिडियोलाई स्तरीय बनाउने प्रयास गरेको छु ।

खर्च अरुले गरिदिएको कि आफैले ?
मैले आफैले गरेको हो । काठमाण्डौमा भिडियोका लागी खर्च नपुगेर मैले आफैले लगाएको औँठी समेत धितोमा राखेको छु ।

तपाई त चलचित्रमा पनि अभिनय गरेको मान्छे पछिल्लो समय किन चलचित्र गर्नुभएन ?
-केही चलचित्र गरेँ । पछिल्लो समय म बढी गीत संगीतमै ईन्गेज भएँ । फेरी अरुको डमी बनेर अरुको कन्सेप्टमा फिल्म खेल्न मन लागेन । अहिले पनि चलचित्रका अफरहरु आईरहेका छन । तरपनि मलाई चलचित्रमा ईन्टेस्ट छैन ।

तपाई राजधानी छोडेर मोफसलमै संघर्ष गरिरहनुभएको छ, किन राजधानी छोडनुभयो ?
-म पनि केही समय राजधानी बसेकै हो । तरपनि राजधानी बस्नुभन्दा मोफसलमा बसेर पनि राजधानीको जत्तिको काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्न पनि म गाँउ आएको हुँ । फेरी गाँउ जत्तिको अग्र्यानिक शहर कहाँ हुन्छ र ?

कमेडी गित बाहेक अरु गीत किन गाउनु भएन ?
-कमेडी बाहेक अरु पनि गीत गाएको छु । तरपनि कमेडी मार्फत समाजमा भएका बिकृति र बिसंगतिका बिरुद्ध आवाज उठाउन सहज हुन्छ । त्यसैले बढी प्राथमिकता यसलाई दिन्छु ।

तपाईको टाईटलका कारण नाम ओझेल पर्यो जस्तो लाग्दैन ?
-पहिला लाग्दथ्यो । यानकी मेरी सानी छोरी समेत मलाई बोकेदादाह्री भन्थिन । निक्कै समयपछि मात्र उनले मलाई श्रीकृष्ण लुईँटेल भनेर चिनिन । पब्लिकमा पनि त्यस्तै भएको थियो । बिस्तारै समाजमा घुलमिल हुँदै गएपछि अहिले चाँहि खासै समस्या छैन ।

यही नाम राख्नुको कारण ?
-गाँउमा पहिला बेरोजगार थिएँ । खाने, हल्लिएर हिँडने, चुस्स दाह्री पाल्ने बाहेक केही काम थिएन । पछि सोही पारामा गित पनि गाईयो । भएको बास्तविक कुरालाई गित बनाएपछि आखिर दाह्री नै पाल्दा चाँहि के होला र ? भन्ने लाग्यो । अहिले त दाह्ी पनि पालियो । यहि नाम नै चर्चित पनि बन्यो । पुर्बेली न्युजका लागी नरेन्द्र बस्नेत र शुरेसचन्द्र दाहालले गरेको कुराकानी