उपसभामुखमा काँग्रेसले भुषाललाई उठाउने

119

चैत १,
काठमाडौं– उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो २ बजेभित्र उम्मेदवारी मनोनयन गर्नुपर्नेछ ।यसैबीच सभामुखमा उम्मेदवारी नदिएको काँग्रेसले भने उपसभामुखमा उम्मेदवारी दिने भएको छ । काँग्रेसले उपसभामुखमा पुष्पा भुषाललाई उम्मेदवार बनाउने तयारी गरेको हो । उम्मेदवारी दर्ताका लागि संसद सचिवालयमा पुगेको भुसालले वताइन् । उम्मेदवारी दर्ताका लागि फर्म ल्याएको वताउँदै भुसालले भनिन् ‘ प्रस्तावक र समर्थकका विषयमा छलफल हुँदैछ ।’ भुसाल समानुपातिक सांसद भुसाल अर्घाखाँचीवासी हुन् । उनी ०६४ को संविधानसभामा पनि सांसद थिइन् । एमालेले आफ्नोतर्फबाट उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन सकेका छैन । एमाले नेता सुवास नेम्वाङका अनुसार उम्मेदवारबारे पार्टीमा छलफल भइरहे पनि टुङ्गो लागिसकेको छैन । नेम्वाङले छलफलपछि समयमै उम्मेदवारी दर्ता गर्ने पनि बताए । यसअघि एमाले माओवादीको भागबण्डामा उपसभामुखमा एमालेले उम्मेदवारी दिने सहमति भएको थियो । तर, पछिल्लो समय संघीयसमाजवादी फोरमले समेत सरकारलाई सहयोग गर्दै सरकारमा जाने भएपछि सो पद फोरमले मागेको थियो । उपसभामुखको निर्वाचन शुक्रबार हुदैछ ।