गौतम सेन्चुरी बैंकको नयाँ सीइओ नियुक्त

306

चैत १,
काठमाडौं । करिब बर्षदिन अगाडी माछापुच्छ्रे बैंक छाडेका तुलसी राम गौतमको बैंकिङ क्षेत्रमा पुनरागमन भएको छ । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा उनी फर्किने भएका हुन् । बैंकले बैशाख १९ गतेदेखि लागु हुने गरेर गौतमलाई नियुक्ति दिएको हो । अर्थशास्त्रमा स्नातक गौतमले मार्केटिङ र फाइनान्समा एमबीए गरेका छन्। गौतमसँग ३० वर्षको बैंकिङ अनुभव छ ।