बालिका बलात्कारीलाई जोगाउन चलखेल

185

चैत १,
गुल्मी । ईस्मा गाउँपालिका वडा नम्बर–३ नयाँ पोखराको हनुमान मन्दिर पछाडीको एकान्तस्थानमा ६ वर्षीया बालिका लाई सोही गाउँपालिका वडा नम्वर वडा नम्वर ४ दर्लामचौरका प्रमाणगत रुपमा उमेर नखुलेका हिमाल दर्जीले बलात्कार गरेका थिए । मंगलबार दिउँसो साढे चार बजेको समयमा बलात्कृत भएकी गुल्मीको ईस्माकी ६ वर्षीया बालिका यति बेला अस्पतालमा उपचार गरिरहेकी छन् । समाजका केही ‘अगुवा’हरु भने उनलाई बलात्कारको मामिला रफा दफा गर्न लागिपरेका छन् । बालात्कारीलाई कसरी कम सजाएँ दिउलाउन सकिन्छ भनेर बचाउको चललेखेलमा लागेको स्रोतले जनाएको छ । बलात्कार पछि यौनाङका छेदन भई रक्तश्राव भएर बालिकालाई जिल्ला अस्पतालमा उपचार हुन नसकी बुधवार लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको छ । पीडकले आफू अहिले चौध वर्षको भएको बताइरहेका छन् । तर, प्रहरीका अनुसार उनको शारीरिक अवस्था र वीर्य परिक्षणको रिर्पोट हेर्दा र शुरुमा उनले आफै १६ वर्ष पुगेको बताएकाले सोही उमेरबाट मुद्धा दर्ता गरिएको प्रहरीले बताएको छ । प्रभास अस्पतालका छोरीको उपचार गराई रहेकी उनकी आमा बेलाबेलामा भक्कानिन्छिन् । छोरी रुने र डराउने गरिहन्छिन् । त्यहाँबाट टेलिफोनमा हामीसँग कुराकानी गर्दै उनकी आमाले भनिन्, ‘मेरी छोरीको जिन्दगी बर्बाद गर्ने निजलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ ।