होमस्टे प्रर्वद्धनकोलागि गृहणीलाई अंग्रेजी भाषा कक्षा

409

चैत २,
भक्तपुर । होमस्टेमा आउने पाहुनासंग सहज तरिकाले प्रस्तुत हुनको लागि महिलाहरुलाई अंग्रेजी भाषाको कक्षा संञ्चालन गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपलिका वडा नम्बर ६ बास्तोला गाउँमा रहेको नगरकोट सामुदायिक होमस्टेमा आवद्ध गृहणी महिलाहरुलाई सो कक्षा दिएको हो । कम्युनिटि होसस्टे डटकमको आर्थिक सहयोगमा ४५ दिनसम्म १२ जना महिलाहरुलाई अंग्रेजी भाषा सिकाइएको नगरकोट सामुदायिक होमस्टेका अध्यक्ष सुरज बास्तोलाले जानकारी दिएका छन् । गत पुस ३ गतेदेखि शुक्रबारसम्म संचालन भएको कक्षामा स्थानीय प्रशिक्षक राजराम बास्तोला र दिपेश बास्तोलाले अंग्रेजी भाषाको दैनिक उपयोग हुने शब्दहरु प्रशिक्षार्थीलाई सिकाएका थिए । भाषा सिकाई कक्षामा ३० वर्ष उमेरदेखि ५७ वर्ष उमेरसम्मका महिलाहरुले सहभागिता जनाएका थिए । वि.स २०६८ सालदेखि संञ्चालनमा आएको यो होमस्टेमा विगतमा १७ घरमा भएपनि भुकम्पपछि भने तीन घरमामात्र पाहुना व्यवस्थापन हुने गरेको छ ।