प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप

148
सांकेतिक तस्विर

चैत ३,
काठमाडौं । ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका छन् । सोही स्कुलको छात्रा होस्टेलमा बस्ने १७ बर्षकी एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । विद्यार्थीलाई दुर्व्यवहार गरेको उजुरीपछि कार्कीलाई हिजो राति पक्राउ गरिएको ललितपुर प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र चन्दले जानकारी दिए । कार्कीलाई महनगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । कार्की ललतिपुर प्याब्सननको अध्यक्ष पनि हुन् । रातोपाटी