यस्ता छन् ‘रेड’ का ६ दमदार डाइलग

260

चैत ३,
बलिउडका एक्सन हिरो अजय देवगन ‘गंगाजल’ र ‘सिंघम’ पछि एकपटक फेरि कडक अफिसरको भूमिकामा देखिएका छन् । १६ मार्चमा रिलिज भएको फिल्म ‘रेड’ मा उनी इनकम ट्याक्स अफिसरको भूमिकामा छन् । फिल्म १९८१ मा लखनऊमा भएको सबैभन्दा लामो रेडको कहानी हो ।
बलिउडमा यूपीको राजनीति र भ्रष्टाचारको विषयमा प्रायः फिल्म बनिरहेका छन् । ‘साहब बीवी और ग्याङस्टर’, ‘बुलेट राजा’, ‘आक्रोश’, ‘ग्याङग्स अफ वासेपुर’, ‘स्पेशल २६’, ‘जोली एलएलबी’ जस्ता फिल्मपछि ‘रेड’ मा एकपटक फेरि यूपीको झलक देख्न पाइन्छ । रिलिजसँगै फिल्मका केही डाइलगहरु यतिबेला दर्शकको मुखमा खुब झुण्डिन थालेका छन् । आजहामी यो प्याकेजमा ‘रेड’ मा कलाकारले बोलेका ७ दमदार डाइलगको चर्चा गर्दैछौं ।

१। यो देशको गरिबीको कारण गरिब होइन्, तँ जस्तो लुटिखाने धनी हो । (अजय देवगन)

२। म कोहीसँग डराउँदिनँ, जो कोहीको पनि ढोका ढकढकाउने हिम्मत राख्छु । (अजय देवगन)

३। म मात्र ससुरालीबाट बिहेको दिन खाली हात फर्किएको छु, नभए जसको घर बिहान पुगेको छु केही लिएर नै आएको छु । अजय देवगन

४। इन्डियाका अफिसर्स होइन, उनीहरुको श्रीमति बहादुर हुन आवश्यक छ । (अजय देवगन)

५। यो घरमा कोही सरकारी नोकर मच्छड मार्न आउन सक्दैन, तँ रेड मार्न आएको छस् । ( सौरभ शुक्ला)

६। सोडाको बोतल हो, भर्खरै खुलेको छ, अलि आवाज रहनेछ । इनकम ट्याक्स डिपार्टमेन्टका एक अधिकारी