डमरुको डण्डीबियो ‘तितेपाते तितेपाते’ गीतको भिडियो सार्वजनिक

359

चैत ३,
काठमाडौं । पोस्टरपछि फिल्म ‘डमरुको डण्डीबियो’ गीत रिलिज गरिएको छ । फिल्मको कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । फिल्म वर्ष ०७५ को बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ । ’तितेपाते तितेपाते झ्याप झ्याप’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत छ । शब्द एकतारे, काली र हर्क साउदले लेखेका हुन् । छेतेन गुरुंग निर्देशित फिल्मको गीतमा फिल्मका शिर्ष पात्र अभिनेता खगेन्द्र लामिछाने, अनुप बराल, अभिनेत्री मेनुका प्रधान, कलाकार वुद्धि तामाङ, आशान्त शर्मा, लक्ष्मी बर्देवालाई डण्डीबियो सिक्दै र खेल्दै गरेको देख्न सकिन्छ । फिल्ममा खगेन्द्र डमरु र अनुप डण्डीबियो प्रशिक्षकको रुपमा प्रस्तुत भएका छन् । एक समय राष्ट्रिय खेलको रुपमा रहेको डन्डीबियोलाई मुख्य कथा बनाएर फिल्म तयार गरिएको हो । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरम बनेको ‘डमरुको डण्डीबियो’ मा विनोद गुरुंग र नोर्वु छिरिंग घले निर्माताको रुपमा रहेका छन् । फिल्ममा अंकित खड्का, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार लगायतका कलाकारहरुको पनि अभिनय छ ।