मुख्यमन्त्री योगी आदित्यनाथलाई झड्का

227

चैत ३,
एजेन्सी । नेपालसँग सीमाना जोडिएको भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो निर्वाचन क्षेत्र गुमाएका छन् । यो हारसँगै मुख्यमन्त्री आदित्यनाथको राजनीतिक करिअरमा झड्का लागेको विश्लेषण भारतीय मिडियाले गर्न थालेका छन् । युपीका मुख्यमन्त्रीमात्रै होइन, उपमुख्यमन्त्रीले समेत आफ्नो निर्वाचन क्षेत्र गुमाएका छन् । युपीमा भएका दुईवटा उपचुनावमा बीजेपीका भेट्रान नेताहरुको हारका कारण भारतीय राजनीतिमा नयाँ डिस्कोर्ष सुरु भएको छ । लोकसभाका दुईवटा सीटहरु भाजपाले गुमाउनु खासै ठूलो विषय होइन । तर, युपीको यो उपचुनावमा त्यहाँका क्षेत्रीय पार्टीहरुको गठबन्धनले बीजेपीलाई हराएपछि यसको असर आगामी लोकसभा चुनावमा उत्तर प्रदेश र अन्य रामज्यहरुमा समेत भाजपाले व्यहोर्नुपर्ने विश्लेषण गर्न थालिएको छ । युपी लोकसभामा सबैभन्दा धेरै सीट भएको राज्य हो । युपीको मुख्यमन्त्री बनेपछि योगी आदित्यनाथले गत सेप्टेम्बर २१ मा गोरखपुर लोकसभा सीटबाट राजीनामा दिएका थिए । त्यसैगरी उपमुख्यमन्त्री बनेपछि केशवप्रसाद मौर्यले फूलपुरको लोकसभा सीट छाडेका थिए ।

यसरी भत्कियो मुख्यमन्त्री आदित्यनाथको किल्ला

युपीको गोरखपुर लोकसभा सीटमा सत्तारुढ बिजेपी उम्मेवार पराजीत भएको यो घटना मुख्यमन्त्री योगी आदित्यनाथसँग जोडिएको छ । योगीले मुख्यमन्त्री हुँदा छाडेको गोरखपुर सीटमा मायावतीको बहुजन समाजवादी पार्टी (बसपा० र मुलायमसिंह यादवको समाजवादी पार्टी ९सपा० को गठबन्धनले जितेको छ । बसपा नेतृ मायावतीले सपाका उम्मेवारलाई समर्थन गरेपछि यहाँ बीजेपीले हारेको हो । गोरखपुरमा सपाका प्रवीण निषादले ४ लाख ५६ हजार ५१३ मत ल्याए भने आदित्यनाथको ठाउँमा उठेका बीजेपीका उपेन्द्र्र शुक्लले ४ लाख ३४ हजार ६३२ मतमात्रै पाए । गोरखपुरको यही सीटबाट आदित्यनाथले ५ चोटि सांसद पद जितेका थिए । उनले सन् १९९८, १९९९, २००४, २००९ र २०१४ मा यहीँबाट लोकसभा चुनाव जितेका थिए । यहाँबाट अर्का हिन्दुवादी महन्थ अवैद्यनाथले १९८९, १९९१ र १९९६ मा चुनाव जितेका थिए । गोरखपुरको यो सीटमा विगत २७ वर्षदेखि बीजेपीको प्रभाव थियो भने विगत २९ वर्षदेखि गोरखनाथ मन्दिरका मठाधीशका उम्मेदवारको एकछत्र जित हुँदै आएको थियो ।