काभ्रेमा गोली चल्योः कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

चैत ३,
काभ्रे । प्रहरीले आफ्ना नेता गणेश लामालाई पक्राउ गरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समितिले निकालेको मसाल जुलुसको क्रममा प्रहरीसंग झडप भएको छ । लामाको रिहाइको माग गर्दै निकालेको प्रहरीले जुलसलाई रोक्ने प्रयास गर्दा झडप भएको र उक्त झडपमा केही कार्यकर्ता घाइते भएको कांग्रेसका नेता रामेश्वर ढकालले जानकारी दिएका छन् । झडपमा परि घाइते हुनेहरुमा २ नम्बर क्षेत्रका क्षेत्रिय सभापति रमेश हुमागाई, अनिल लामा, देभराज लामा, अकोश कुमार श्रेष्ठ, महेश श्रेष्ठ लगायतका १२ जना रहेका छन् । हुमाइगाईको टाउकोमा चोट लागेको छ, अनिल लामाको हात भाचिएको छ, ढकालले बताए । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । जिल्ला पार्टी सभापति मधु आर्चाय कार्यलयबाट निस्किएको जुलुसको नेतृत्व गरेका थिए । उपसभापति अचुत पौडेलले बनेपा बजारबाट निस्किएको जुलुसको नेतृत्व गरेका थिए ।
कांग्रेसका नेताहरुले प्रहरीले भिडलाई तितरवितर बनाउन रबर गोली र अश्रु ग्यास प्रहार गरेको बताएका छन् ।
घटना बारे थप जानकारी लिन काभ्रे प्रहरीका डिएसपी मुकुन्द मरासैनीसंग टेलिफोन सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन् ।

LEAVE A REPLY