भक्तपुरको योजना हेलम्बुमा बैठक !

361

चैत ४,
भक्तपुर । भक्तपुरमा पछिल्लो समय सरकारी, गैरसरकारी संस्था र सहकारीहरुको अवलोकन भ्रमणमा नाममा लाखौं रकम भ्रमण गरेर सक्ने परिपाटीको विकाश भएको छ । यस्ता गलत परिपाटीको अन्य हुनुपर्नेमा जिल्लाका माथिल्लो तहका नेता र कर्मचारीहरु र संञ्चाकर्मीले समेत साथ दिने गरेका छन् । जिल्लामा केही सहकारीले समेत पारिवारी भ्रमणलाई अवलोकन भ्रमण नाम दिएर संस्थाको रकम सक्ने परिपाटी रोकिएको छैन् । देशमा जनताले परिर्वतन र विकाशको आंकाक्षा गरेपनि जनप्रतिनिधि र कर्मचारीमा उहिँ पुरानै शैलीको अन्त्य हुन सकेको छैन् । शनिबार त्यस्तै एउटा जम्बो टोली सिन्धुपाल्चोकको हेलम्बु तर्फ गएको छ । जुन आइतबार साझँ फर्किने छ । जसको अध्यक्षता जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले गरेका छन् ।
जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको कार्यशाला गोष्ठि भएकाले गेलाल त्यसको अध्यक्ष हुन् ।
कार्यक्रम पूर्ण सरसफाई सम्बन्धी रणनैतिक कार्ययोजना २०७४ कार्यशाला गोष्ठी चैत ३ र ४ नाम दिएको छ ।
यूनहेल्बेटास र भक्तपुरलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिदिने गैर सरकारी संस्था युवा क्रियाकलाप समाज उक्त कार्यशाला गोष्ठि जुराएको सोही टोलीमा समावेश एकजनाले बताए । यसबारेमा भक्तपुर भक्तपुरमा जिल्लामा नै योजना तर्जुमा गोष्ठि बस्दा के हुन्छ ? भन्ने प्रश्न गर्दा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले प्रश्नको फरक जवाफ दिदै भने ‘यो रणनैतिक योजना बनाउने कार्यशाला भएकाले पत्रकारहरुलाई पछि कार्यक्रम गरेर जानकारी दिन्छौं । ’जिससका प्रमुख गेललासंग फोन सम्पर्क गर्दा उनले ‘पछि कुरा गर्छु’ भनेर पन्छिए । उक्त गोष्ठिमा जिल्लाका सांसद, जिल्ला समन्वय समितिका उपप्रमुख/सदस्यहरु, प्रदेश सांसद, नगरपालिकाका प्रमुख/उपप्रमुख, सरकारी निकायका कर्मचारी, गैससका प्रतिनिधि तथा केही पत्रकारहरुको समेत सहभागिता रहेको स्रोतले जानकारी दिएको छ । तस्विरः फेसबुक