दुव्र्यसनीको कुलत छुटाउँदै पूर्वदुव्र्यसनी

449

चैत ४,
धनगढी । “विगतमा आफूले भोगेको र अनुभव गरेको जस्तो नशाको मातमा लागेर अरुले दुःख नपाउन् भनेर दुव्र्यसनीको कुलत छुटाउन लागिरहेका छौँ ।” आपूm दुव्र्यसनमा फसेकामा पश्चाताप गर्दै कुलतमा फसेकाको पुनःस्थापनाका लागि अहिले टीकापुरमा सक्रिय रहेको लागुऔषधका पूर्वदुव्र्यसनी कल्पेस कुवँरले बताउनुभयो ।
नशाको मातमा जीवन बर्बादीतिर धकेलिरहेका युवाको कुलत छुटाउन कुवँर अहिले नवजीवन पुनःस्थापना केन्द्रको सहजकर्ता र उहाँका सहकर्मी पूर्वदुव्र्यसनी रोशन कडायत केन्द्रको संयोजकको भूूमिकामा रहेर टीकापुरमा सक्रिय हुनुहुन्छ ।
दश/बाह्र वर्षसम्म कुलतमा फसेर केही वर्षअघि छुटकारा पाइएको स्मरण गराउँदै कुवँरले भन्नुभयो, “आफूहरुले भोगेको जस्तो समस्या कसैले पनि व्यहोर्नु नपरोस् भनेर यो काम थालेका हौँ ।” केन्द्रको संयोजकको भूमिकामा रहेका पूर्वदुव्र्यसनी कडायतले गत तीन वर्षको अवधिमा झण्डै ३० जना दुव्र्यसनीको कुलत छुटाउन सफलता मिलेको दाबी गर्नुभयो ।
उहाँहरु दुवैको संयुक्त प्रयासमा तीन वर्षअघि सञ्चालनमा आएको नवजीवन पुनःस्थापना केन्द्रमार्फत हाल १८ जना दुव्र्यसनीको कुलत छुटाउने प्रयास भइरहेको छ । पुनःस्थापना केन्द्रको सञ्चालन खर्च भने सम्बन्धित दुव्र्यसनीका अभिभावकबाट उठाउने गरिएको छ । तीन महिना पुनःस्थापना केन्द्रमा बसेपछि दुव्र्यशनीको नशा छोड्ने वातावरण बन्ने गरेको कुवँरले दाबी गर्नुभयो ।
टीकापुरमै रहेको नयाँ बिहानी पुनःस्थापना केन्द्रको पहलमा उहाँहरु दुवै जना दुव्र्यसनबाट केही वर्षअघि मुक्त हुनुभएको थियो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक पुष्कर चन्दले लागुऔषधका प्रयोगकर्ताको नशा छुटाउन पुनःस्थापना केन्द्रले गरिरहेको प्रयासको सराहना गर्नुभयो ।
“दुव्र्यसनीको कुलत छुटाउन पुनःस्थापना केन्द्रमा राति १० बजेसम्म पनि कक्षा सञ्चालन भएको देखियो”, चन्दले भन्नुभयो, “यसको ओसारपसार, प्रयोग र रोकथाममा अन्य कामका अतिरिक्त टीकापुर प्रहरीले बेलाबखत विद्यालय र समुदायमा चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको छ ।” कैलाली जिल्ला र खासगरी पूर्वी क्षेत्रको टीकापुर र आसपासका क्षेत्रमा लागुऔषधको ओसारपसार र प्रयोगका घटना बढ्दै जाँदा चुनौती बढेको छ । अभिभावकले आफ्ना छोराछोरीको उचित रेखदेख नपु¥याउने गरेकै कारण साथीको लहैलहै र देखासिकीमा लागेर कैयौँ युवा नशामा रमाउने गरेकाले जिल्लामा लागुऔषधको समस्या चुनौती बनेको हो । रासस