ओलीको राष्ट्रवाद सरकारमा पुगेपछि सकियो त !

237

नयाँ नेपाल
८ चैत,
काठमाडौं । कुनै समय भारतको निकै विरोध गर्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अहिले विदेश भ्रमणको सुरुवात गर्ने तयारी भारतबाट नै गर्ने संकेत देखापरेको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रुपमा नेपाल पठाएका थिए । त्यसअघि ओली र मोदीबीच दुई पटक टेलिफोन वार्ता समेत भएको थियो । परराष्ट्र मन्त्रालयले यही महिना प्रधानमन्त्रीले भारत भ्रमण गर्ने तयारी गरिहेको बुझिन्छ । यदि चीन नभएर उनले पहिलो भम्रण भारत गरे भने नेपाली जनताले ओलीको राष्ट्रवाद सरकारमा पुगेपछि लगभग सकिएको भन्न सक्छन् । तर एउटा विदेश भ्रमणकै विषयमा रहेर सरकार र प्रधानमन्त्रीको कुरा काटिहाल्ले अवस्था नआउन सक्छ । सरकार गठन भएको १ सय दिन पुरा भएपछि मात्र थाहा हुनेछ वास्तविकता ओलीको नेतृत्व देश विकाशको लागि के गर्न तयार छ । तर आम नेपालीको धारणा भारतप्रति नकारात्मक रहेको अवस्थामा प्रधानमन्त्रीको पहिलो भ्रमण नै उतै हुनु राम्रो भने होइन । हुन त ठुला देशले सानालाई हेप्ने चलन विश्वामा निकै चलेको छ । चीनपनि आफ्नो स्वार्थको लागि मात्र नेपालसंग नजिकेको हो । चीनसंग स्वभावैले बामशक्तिहरु नजिकै हुन्छन् । तर यसो भन्दैमा नेपालको लागि भारत भन्दा चीन उत्तम भन्ने हुदैंन । अनी भारतपनि उत्तम होइन । नेपाल जबसम्म आफै आत्मनिर्भर देश बन्दैन तवसम्म विदेशी हेपहा निति सहनुको विकल्प अरु नहुन सक्छ । प्रधानमन्त्रीको भ्रमण बारे स्रोत भन्छ।, चैत चौथो साता भ्रमण हुनसक्छ । भारत भ्रमणको तयारी भइरहेको पुष्टि गर्दै प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अहिले मिति तय भइसकेको छैन । दुई देशको सहमतिमा छिट्टै घोषणा हुन्छ ।’