गजलः

317

-सुशिला पौडेल
मदिरा र पानी कति रहस्यमय
त्यो रुप र जवानी कति रहस्यमय ।

नियालेर विश्व अझै प्यासी- प्यासी
आँखा र नानी कति रहस्यमय ।

खोजेर अस्तित्व कहीं बिलाउछु कि
हार र जिन्दगानी कति रहस्यमय ।

म उन्मादको शिखर चुमू भन्छु
सपना र कहानी कति रहस्यमय ।

भन्छन जीवन देन हो रे ईश्वरको
भूकम्प र सुनामी कति रहस्यमय । ।
                                           कपन, काठमाडौं