आइजिपी बढुवामा राजनीतिक दाउपेच !

198

नागरिक दैनिक, चैत १२
नेपाल प्रहरीका वर्तमान महानिरीक्षक प्रकाश अर्यालको कार्यकाल यही चैत २८ गते सकिदै छ। उनको कार्यकाल सकिनै लाग्दा नयाँ आइजिपीका लागि दौडधुप सुरुभएको छ। सामान्यतः प्रहरीमा वरिष्ठता र कार्यक्षमता आधारमा एक नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक महानिरीक्षक हुने प्रचलन हो। तर, २०४९ सालयता कर्य क्षमताका आधारमा प्रहरीमा नेतृत्व छान्ने प्रचलन राजनीतिक दाउपेचको विषय बन्दै आइरहेको छ। बहुदलीय व्वस्था पुनस्थापनापछि भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालालले रत्नशमशेर जबरालाई प्रहरी महानीरिक्षकबाट हटाएर मोतीलाल बोहोरालई त्यो जिम्मेवारी दिए। त्यसदेखि आइजिपी चयन राजनीतिक दाउपेच बन्दै आएको छ। पछिल्ला वर्ष त यो विषय झन् पेचिलो बन्दै गइरहेको छ । संयोग कस्तो भने नेपाली कांग्रेसको तत्कालीन नेतृत्वबाट शुरु भएका प्रहरी नेतृत्वमा हस्तक्षेपको प्रकरण गत बर्ष उसकै कारण छताछुल्ल भयो ।