कतारमा रहेका नेपालीले गरे यस्तो पुण्यको काम

215

चैत १२,
कतारमा रहेका नेपलीहरुले एउटा पुण्यको काम गरेका छन् । नेपालीहरुले एउटा बहृत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार सहित ६४ वटा नेपाली संघसंस्थाको संयुक्त समन्वयमा रक्तदान कार्यक्रममा भएको हो । हमाद मेडिकल कर्पोरेसनको रक्त संकलन केन्द्र परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । शुक्रबार भएको रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका थिए ।