वैशाखदेखि सबैतिर लोडसेडिङ हट्ने

230

चैत १२,
विधुत प्राधिकरणले वैशाखपछि सबैखाले लोडसेडिङ अन्त्य गर्ने घोषणा गरको छ । स्युचाटारस्थित भार प्रेषण केन्द्र अवलकोन गर्न पुगेका उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनलाई विफ्रिङ गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैशाखपछि सबैखाले लोडसेडिङ अन्त्य गर्ने बताएका हुन् । प्राधिकरणले अहिले औधोगिक ग्राहकलाई मात्रै दैनिक ४ घण्टा लोडसेडिङ गर्दै आएको छ । औधोगिक ग्राहकबाहेक अन्यत्र कतै लोडसेडिङ नगरिएको प्राधिकरणले बताएको छ ।