डेभिडले दिए हैदरावादको कप्तानबाट राजीनामा

141

चैत १४,
बल टेम्परिङ विवादमा फसेका अस्ट्रेलियन टिमका उपकप्तान डेभिड वार्नरलाई प्रतिष्ठित टी(२० प्रतियोगिता इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावादले कप्तानको जिम्मेवारी नदिने भएको छ। हैदरावादमाथि वार्नरलाई कप्तानबाट हटाउन दबाब बढ्दै जाँदा क्लबको आग्रहमै वार्नरले कप्तान पदबाट राजीनामा दिएका हुन्। गत सिजन वार्नरकै कप्तानीमा उत्कृष्ट प्रदर्शन गरेको हैदरावादले बल टेम्परिङ विवादको सामना गरिरहेका वार्नरले नैतिक्ताका आधारमा पनि आफू कप्तानमा रहनु उचित नहुने भन्दै कप्तानबाट राजीनामा दिएका हुन्। वार्नरकै कप्तानीमा २०१६ मा हैदरावादले आइपिएलको उपाधिसमेत जितेको थियो। अब हैदरावादको कप्तान शिखर धवन या न्युजिल्यान्डका कप्तान केन विलियमसनमध्ये कुनै एकले समाल्ने छन्। यसअघि, राजस्थान रोयल्सले पनि आफ्ना कप्तान स्टिब स्मिथलाई कप्तानको जिम्मेवारीबाट मुक्त गरेको थियो। राजस्थानले अजिंक्य रहाणेलाई नयाँ कप्तानका रुपमा नियुक्त गरेको छ। बल टेम्परिङ विवादमा अस्ट्रेलिया अहिले अनुसन्धान गरिहेको छ। अस्ट्रेलियाले उनीहरुलाई एकवर्ष प्रतिबन्ध गर्न सक्ने अस्ट्रेलियन मिडियाहरुले जनाएका छन् । यस्तो भएमा भने स्मिथ र वार्नरको आइपिएल खेल्ने सम्भवनासमेत धरापमा पर्नेछ।