टिपरको ठक्करबाट मृत्यु

208

चैत १७,
लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको स १ क १७९ नंको टिपरले स ६ प २८९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३० वर्षीय सञ्जय यादवको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते यादवको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । सोही दुर्घटनामा परी गम्भीर घाइते अमितको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।