बेरोजगारीको असरः जन्ती र मलामीेको अभाव

248

नयाँ नेपाल न्युज
चैत १८,
काठमाडौं । हाम्रो देशमा शरिरमा बल भएका उमेर भएका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि गाउँघरमा जन्ती र मलामीको अभाव हुन् थालेको छ । सामान्य रुपमा हेर्दा यो सामाजिक समस्या जस्तो देखिन्छ । तर यसको असर दिर्घकालिन पर्ने देखिन्छ । आयआर्जनका लागि बलियो माध्यम नहुँदा नेपालका गाउँका प्रायः सबै युवा शहर पस्ने र शहरमा पनि टिक्न नसकेपछि वैदेशिक रोजगारीमा जाने गरेका छन् । अनुभवी र उमेर ढल्केका पुरुष विदेश र दैनिक ज्याला मजदुरीका अन्य जिल्ला र गाउँमा जान थालेपछि अहिले नेपालका धेरै गाँउमा पर्दा जन्ती र मर्दा मलामीको अभाव हुन् थालेको छ । यस्तो अवस्थामा पुरुषले गर्ने काम महिलाले गर्नु पर्ने भएको छ । गाउँघर पुरुषविहीन भएपछि पुरुषले गर्ने काम पनि महिलाले नै गर्नुपर्ने अवस्था नेपालका धेरै गाउँमा आएको छ । सरकारले कृषि प्रदान निति बनाएपनि बाटाटाठाको नियन्त्रणमा मुलुकको निति रहे पछि बेरोजगार युवाहरु कामको खोजिमा भौतारिन बाध्य छन् । त्यसो हुदाँ ग्रामीणस्तरमा विकाश निमार्णको काम गर्न समेत मानिसको खाचोँ पर्ने गरेको छ । अर्का तर्फ समाजिक काममा समेत युवापुस्ताको चरम अभाव देखिन थालेको छ । यस्तै एउटा घटना म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा भएको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका स्थानीय शिक्षक लालबहादुर रोकाले बताए । बेली गाउँ यतिबेला शोकमा छ । वैदेशिक रोजगारीका लागि मलेशिया गएका मालिका २ बेलीका धर्मलाल रोकाको सुतेकै अवस्थामा मलेशियामा मृत्यु भएपछि गत बिहीबार स्व रोकाको शव जिपको हुटमा बाकसभित्र राखेर घरमा र्पुयाइएको थियो । एकै परिवारका तीनभाइ छोराको विदेशमा मृत्यु भएपछि शोकमा डुबेको बेली गाउँबाट स्व धर्मलाल रोकाको मलामीमा पनि पुरुष अत्यन्त कम देखिन्थे । छोराको शव घरमा आएपछि शोकले विह्वल भएका स्व रोकाका बुबा धनबहादुर र आमा लिलमती रोकालाई सम्हाल्ने र सम्झाउने पुरुष पनि त्यहाँ छैनन् । पुरुषहरु नभएपछि महिला आफैं शव बोकेर घाटतर्फ गएका छन् ।