नयाँ नियम यस्तो छ, ग्यारेज ६ महिनासम्म नसुध्रिए बन्द

640

चैत १८,
काठमाडौं । अहिले सवारी मर्मत गर्ने वर्कसपहरुका कारण रसायनजन्य फोहोर प्रदुषण पनि बढ्दै गएको छ । अव्यवस्थित रुपमा चलेका त्यस्ता वर्कसप ९ग्यारेज० अहिलेसम्म कानुनी दायरामा पनि आएका छैनन् । तर, अब सरकारले यस्ता वर्कसपहरुका लागि पनि मापदण्डहरु तय गर्दै सञ्चालन निर्देशिका ल्याएको छ । यातायात व्यवस्था विभागले सवारीको बडी बनाउने कारखाना मर्मत गर्ने वर्कसपलाई पनि नियमन गर्न थालेको छ । विभागले कारखना तथा वर्कसप सञ्चालन निर्देशिका जारी गर्दै गरेजहरुको सञ्चालनलाई नियमन गर्न सुरु गरेको हो । निर्देशिकाले यस्ता वर्कसपलाई ६ वटा खण्डमा विभागज गरेर मापदण्डहरु तोकेको छ । सबैखालका वर्कसपहरु सडक सीमाभन्दा बाहिर निर्माण गर्नुपर्ने निर्देशिका उल्लेख रहेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । च्यासिस ल्याएर यहाँ बडी बनाउने काम गर्ने कारखनाहरु पनि यसमा समेटिएका छन् । त्यसैगरी पर्खाल र ताररबार घेर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ । वर्कसप वरपर फोहोर व्यवस्थापन गर्नुपर्ने, सवारी राख्न पर्याप्त स्थान हुनुपर्ने पर्याप्त मेसिनरी र औजारहरु हुनुपर्ने लगायतका व्यवस्थाहरु गरिएका छन् । खानेपानी र शौचालयको उचित व्यवसथापन गर्नुपर्ने, अग्नि नियन्त्रक सिस्टम राख्नुपर्ने प्राथमिक उपचारको टुल बक्स राख्नुपर्ने लगायतका नियमहरु पनि ल्याइएका छन् । वर्कसपको प्रकृतिअनुसार कति क्षेत्रफल हुनुपर्ने भन्ने पनि तोकिएको छ । ग्यारेजमा बाल श्रम पनि निषेध गरिएको छ । सबै वर्कसपहरु विभागमा दर्ता हुनुपर्ने र कर्मचारीको नियुक्ति सरकारले तोकेको व्यवस्था बामोजिम गर्नुपर्ने, पुराना सवारीहरु ग्यारेजमा थन्क्याएर राखिरहन नपाइने, सवारीको बडी निर्माण गर्दा विभागबाट स्वीकृति लिएर स्वीकत ढाँचामै सम्पन्न गर्नुपर्ने लगायतका नियमहरु ल्याएका छन् । यो मापदण्डअनुसार अहिले चलिरहेका ग्यारेजले ६ महिनाभित्र आफूलाई सुधार नगरे खारेज (बन्द) गर्ने व्यवस्था निर्देशिकामा छ । निर्देशिकाअनुसार अब सरकारले ग्यारेजहरुको नियमित अनुगमन तथा निरीक्षण पनि गर्ने महानिर्देशक भट्टराईले बताए ।