छानो र भित्ताबिनाको होटल-तस्बिर सहित

799

एउटा डाँडोको टुप्पोमा यो होटल छ । यहाँ बाथरुमको पनि कुनै व्यवस्था छैन । यो अनौठो होटेल स्विजरल्याण्डमा रहेको छ । यसको नाम नुल स्टेन होटल हो । यो होटलको न त कुनै छानो छ, न त कुनै भित्ताहरु । खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो होटलका संरचना हुन् । भनिन्छ, स्विजरल्याण्डका दुईजना कलाकार फ्रेंक र रिकलिनले यो होटल बनाएका हुन् । विस्तारै ग्राहकहरुले यसलाई मन पराउन थालेपछि पर्यटकका लागि यो खुल्ला गरियो । खुल्ला आकाशमुनि चउरमा रहेको यो होटलमा बास बस्नु निकै महंगो छ । यहाँ एक रातका लागि अढाई सय डलर खर्च गर्नुपर्दछ । स्मरणरहोस् फ्रेंकर रिकलिनले यसअघि पनि यस्तै खालका होटल बनाएका थिए । एउटा होटल चाहिँ परमाणु बंकरभित्र थियो ।