पद्म माविमा बृहत शैक्षिक प्रर्दशनी हुने

158

रशिला होमागाई
चैत २२,
भक्तपुर । भक्तपुरको दरवार स्क्वाएरमा रहेको श्री पद्म माविमा बृहत शैक्षिक प्रर्दशनीको आयोजना हुने भएको छ ।
यहिँ चैत २९ गते बिहिबार एक दिन हुने उक्त शैक्षिक प्रर्दशनीमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न विषयमा प्रर्दशनी गर्ने उक्त विद्यालयका प्राचार्य राम हाडाले जानकारी दिनुभएको छ । यस विद्यालय र कजेलले अन्यत्रका कार्यक्रममा सहभागी भई उत्कृष्ट भएका प्रयोगात्मक क्रियाकलाप, भुकम्प प्रतिरोधी डिजाइन, अतिरिक्त क्रियाकलाप, सरसफाई लगायतका प्रर्दशनी गरिनेछ । उक्त कार्यक्रममा विज्ञान र सिभिल इन्जिनियरिङ विषयका विद्यार्थी प्रर्दशन मुख्य आर्कषण हुने छ ।
यो प्रर्दशनीबाट विद्यार्थीहरुले नयाँ विषयमा शैक्षिक ज्ञान हासिल गर्ने प्रार्चाय हाडाको भनाई छ ।
विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, सर्वराधरणहरुले प्रर्दशनीको अवलोकन गर्ने छन् ।