सलमान खानलाई ५ वर्षको जेल सजाय

222

चैत २२,
करिब २० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मामलामा बलिउड कलाकार सलमान खानलाई ५ वर्षको जेल सजाय तोकिएको छ। जोधपुर अदालतले सलमानलाई ५ वर्ष जेल सजाय तोकेको हो। सलमानलाई अदालतबाट हिरासतमा लिइएको छ। उनलाई जोधपुरको सेन्ट्रल जेलमा राखिने भएको छ। उनलाई १० हजार जरिवाना पनि तोकिएको छ। सलमान योसँगै वितग २० वर्षमा पटकपटक जेल गएका छन्। सन् १९९८ मा जोधपुरको ग्रामीण इलाकामा दुई हरिणको शिकार गरेको आरोपमा सलमान लगायत पाँचजना विरुद्ध वैष्णोइ समाजले मुद्दा हालेको थियो। सलमान खानले सन् १९९८ को सेप्टेम्बर २६ र २८ मा दुई काला हरिणको शिकार गरेको आरोप लागेको थियो। उनलाई हरिणको शिकार गर्ने उक्साएको आरोप लागेका अभिनेता सैफ अलि खानलाई भने सफाइ दिइएको छ। सलमान खानले यो सजायविरुद्ध अपील गर्नसक्ने छन्। र, यसका लागि पहल गर्ने उनका वकीलहरूले बताएका छन्। सलमान खानका साथै अभिनेता सैफअलि खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमविरुद्ध मुद्दा चलाइएको थियो। जोधपुर अदालतले बिहीबार सलमान खानलाई दोषी करार गरेको हो भने अन्यलाई सफाइ दिएको छ। सलमान खानका वकीलले अदालतमा तीन वर्षभन्दा कमको सजाय माग गरेका थिए। सलमान लगायत अन्य कलाकार २० वर्ष पहिले ुहम साथ(साथ हैुं फिल्म सुटिङका लागि जोधपुर गएका बेला शिकार खेलेका थिए। यो मुद्दा भारतको वन्यजन्तु कानुन अन्तर्गत दर्ता गरिएको थियो। जसमा दोषी पाइएकालाई छ वर्ष सम्मको जेल सजायको प्रावधान रहेको छ। सलमान खानले भने आफूमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै आएका थिए। उनका वकीलले सलमानलाई फसाइएको बताएका छन्।