जनता बैंक नवौ बर्षमा प्रवेश

262

चैत २३,
काठमाडौं । जनता बैंक शुक्रबारबाट ८ वर्ष पुरा गरि ९औं वर्ष प्रवेश गरेको छ । वर्ष प्रवेशको अवसरमा बैंकले शुक्रबार बिहान प्रभातफेरी निकालेको छ । बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित सम्पन्न भएको प्रफातफेरी कार्यक्रममा बंैक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै प्रभातफेरी उपत्यका बाहिर रहेका अन्य शाखाहरुले पनि सम्पन्न गरेका छन् । यसैगरी बैंकको सिन्धुपाल्चोक शाखाले स्वाश्थ्य शिविर आयोजना गरेको छ । शिविरमा करीव ५०० भन्दा बढी जना महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धि परिक्षण गराएका छन् । कैलालीको धनगडी शाखाले कैलालीमा निःशुल्क डेन्टल, आँखा र जनरल मेडिसिन परिक्षण शिविर संचालनमा ल्याएको छ । यसै अवसरमा चैत २४ गते शनिबार नयाँ बानेश्वर शाखामा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको बैंकले जनाएको छ भने शुक्रबार बैंकको नयाँबानेश्वर, बिराटनगर, हेटौडा, नारायणघाट, पोखरा, वुटुवल, भैरहवा, नेपालगञ्ज र धनगढी शाखामा रक्तदान कार्यक्रम गरेका छन् ।