राजपा नेताविहीन

118

राजधानी दैनिक, चैत २४,
काठमाडौं । आन्तरिक विवादका कारण संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसद्मा रहेका पाँचमध्ये चार राष्ट्रिय पार्टीले दलको नेता छानिसकेका छन् भने विवादका कारण राजपा नेपालले छान्न नसकेको हो । अध्यक्ष मण्डलका संयोजक ठाकुर, सदस्य राजेन्द्र महतो र महेन्द्रराय यादव संसदीय दलको नेताका आकांक्षी हुन् । तीनमध्ये कसलाई बनाउने भन्ने विवाद मिल्न नसकेपछि राजपा संसद्को पहिलो अधिवेशन अन्त्य हुँदासमेत नेताविहीन छ । ठाकुर, महतो र यादव सर्वसम्मत संसदीय दलको नेता बन्न खोजेका छन् । निर्वाचन सकिएको पाँच महिना बितिसक्दा समेत विवादकै कारण राजपा नेपालले संसदीय दलको नेता छान्न नसकेको हो । पटक–पटक बैठक बसे पनि सर्वसम्मत नेता छान्न पार्टी संसदीय दल असफल बनेको हो । ठाकुर र महतोले संसदीय दलको नेता बन्न पार्टीभित्र तीव्र लबिङ गरे पनि यस विषयमा केही बोलेका छैनन् । उनीहरूले दलको नेता छिट्टै चयन हुने बताउँदै आएका छन् । प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभामा राजपा नेपालका २ सांसद छन् । ठाकुर र महतो निकटका नेताले पार्टीभित्र लबिङ गरिरहेका छन् ।