यात्रा डायरीः मेरो आमाको काठमाण्डु यात्रा

335
तस्विरः लेखिका जानु काम्बांग लिम्बू

-जानू काम्बाङ्
पुषको महिना एकदम चिसो बढेको थियो । मुटू चिर्याउने सिरेटो भित्र बाकूलो तुवालोको घुम्टो ओढी लजालू बेहुलीले अनुहार लुकाएझै काठमाण्डू लुक्दै थियो । हामी थरथर काँप्दै उठेर तयार भई बाटोमा निस्कियौं । छेउछाउमा कुकुर भूकेको आवाज मनग्गै सुनिन्थ्यो । सोनाकोठी डाँडा सुनसान भएपनि, पिपल बोट गेट ओरिपरि फाट फूट बत्ति बल्न थालेको थियो, सडक रित्तो रित्तो लाग्थ्यो, सडक हेर्दा ठण्डामा गाडीहरु पनि न्यानो गरि निदाए झैं देखिन्थ्यो । अघिल्लो दिन नै बोलाएको टेक्सी निर्धारित समयमा नै आईसकेको थियो । मन्जु बहिनी र बिक्रम भाई, बिचरा हाम्रो बिदाईको लागि उठेका थिए, उनीहरुले नै भारितारी चढाई दिए सामान लोड गरेपछि हामी छुट्टियौं, टेक्सी घ्यारघ्यार ….गर्दै सात दोबाटो ओरालो झर्यो । टेक्सीमा बसेर, हामी आएको दिन गन्दै औंला भाँच्न थालिन् आमा । हामी आएको ५ दिन भैसकेको थियो । आउँदा माईला भाई पनि संगै थियो । पुगेको भोलि पल्ट साँझ ११. ३० बजेको उडान बाट भाई दुबाई उड्यो । आमा र मैले ४ दिन धाएर बल्ल तल्ल पेन्सनको काम सकी ५ दिनको दिन, बिहानै भद्रपुरको टिकट नपाएर पहिलो फ्लाईट बाट बिराटनगर उड्न एरपोर्ट जाँदै थियौं ।

हाम्रो काठमाण्डूको कथा यसरि सुरु हुन्छः
पहिलो दिन बिहानै १० बजे आर्मी हेड़ क्वाटर भद्रकालीको कल्याणकारी विभागमा पुगेर सोधपुछ गरियो तर, पेन्सन पट्टा विभागमा पहिले दर्ता गरि पट्टा लिएर आउनु पर्ने कुरो बताए । तेसपछि तुरुन्त दर्ता फाँट पुगेर लाईन लागियो । अगाडी एउटा थोत्रे घर थियो, भित्र पुरै खालि देखिने त्यो घर बाहिर २ ओटा टेबल थिया । कर्मचारी आएका थिएनन् तर, दर्ता गर्नेको भिड भने झन्डै १५, १६ जना भैसकेका थियौं । नमिलेको गज्यांग गुजुंग लाईनमा मैले भर्खरै गुमाएको मेरो बाबा जस्तै उमेरका २ जना पाका बाबाहरु देखें । मलाई बाबाको औधि याद आयो, अरु भर्खरकाले ठेलठाल गर्दै पालो मिचेपनि, मलाइ उहाहरुको पालो मिच्न मन लागेन । उहाँहरुको पछि भाईलाई उभ्याएर आमालाई घाममा बसाएँ । केही बेरमा पालो आयो सबै कागज पत्र भएपनि पट्टामा आमाको एकजना छोराको नागरिकताको कपि चाहिने भयो । मैले भाईलाई नागरिकता छ ? भनि सोधेँ, पास्पोर्टले काम चल्ने भएकोले साथमा नागरिकता बोकेको रहेनछ । मैले कर्मचारी संग अनुरोध गरेर, हुन्छ भने मेरो नागरिकता छ हुन्छ मेम् यहि बोकेकी छु ? मेरो कुरो सुनेर म तिर हेर्दै भनिन्, छोरा छँदै त हुँदैन ? भाईले हतार घरमा फोन गरेर बुहारीलाई नागरिकता बोकी चोक जान अर्हायो र ऊ सुनधारा तिर फेक्स नम्बर खोज्न गयो । बिचरा नजिक भएकोले टेक्सी जान नमानेर हिड्दा टाईम लागेछ झन्डै १ घण्टा पछि आयो  हतार हतार दर्ता गरि पट्टा फाँटमा बुझायौं अनि भोक तिर्खा भूलेर कुर्न थाल्यौँ । २ बजे तिर नाम आयो तर फेरि भाईको ३ ओटा पास फोटो चाहिने भो । नागरिकता जस्तै भाई संग फोटो पनि थिएन, फेरि दौडियो भाई पास फोटो खिच्न न्युरोड तिर । आमा बिचरा पूर्व तराई बस्ने काठमाण्डूको जाडोले हरियो निलो हुनु भएको थियो । दुई कप तातो चिया क्यान्टिन बाट ल्याएर आमा छोरी सुर्काउन थाल्यौं ।

केहीबेरमा फोटो लिएर भाई आईपुग्यो  तर, फेरी फोटो ठुल्ठुलो भो भन्ने कम्प्लेन आयो । सुनेर आँखा तिर्मिर भयो तै पनि रिस थामेर भने, प्लिज ! सारै दुख भो काटेर मिलाउनुस न ल ? मेरो बोलि सुनी नसक्दै छेउको कैंची तानेर काटी टोपल्दै भन्यो हेर्नुस त टाउकै मात्र रह्यो ! ठिकै छ नि मेम् ! मान्छे चिनिए त भैहाल्यो नि ? पÞmुत्किहाल्यो मेरो मुखबाट, मलाई पुलुक्क हेरेर फेरि गर्जिन, होइन दिदी काम गर्ने हामी हो कि तपाईं ? ठिक छ म यै फोटो राख्छु सरहरुले के भन्नु हुन्छ भोलि हेरौंला ! आज जानुस भोलि २ बजे आउनुस ! झापरेरै भनिन् बहिनीको बोलि त कडा रहेछ जिस्किंदै भाई बोल्यो । नसुनेझैं गरि उठेर ती महिला हिडिन् । अफिस लगभग खालि भैसकेको थियो । मलाई भन्न मन लागेको थियो, होइन के हो सर मेम् हरु ? अघि छोराको नागरिकता संगै फोटो पनि ३ ओटा चाहिन्छ भन्नु पथ्यो अनि पास फोटो माग्दा सानो साईजको ल्याउनुस भन्नु पथ्यो ? होइन नियतबस नै दुख दिनु भा हो कि के हो ? तर निहुँ खोज्दा आफ्नै काम अडकिएला भनेर मुख थुनेरै हिडें त्यहाबाट  मलाई लाग्यो अफिसतिर पनि महिलाहरु घर जस्तै सासन चलाउदा रहेछन् ! किनकी पुरुष भन्दा कडा महिलानै देखियो अफिसमा पनि । हामी बिहान १० बजेदेखि बस्दा बस्दा भोक निक्कै लागेको थियो । फेरि आमालाई १२ बजे खाना खानु पर्ने बानि थियो । भद्रकाली गेट निस्केर टेक्सी चढी बागबजार गयौं माईला भाई त्यै साँझ ११.३० मा उड्नु थियो ! हतार हतार एउटा फूड क्याफेमा पसेर खाजा खायौं । अनि लाग्यौं सोनाकोटी बिक्रम भाई र मन्जु बहिनीको घर तर्फ, बिक्रम भाई मेरो ठुलो भाईको सालो भईकन पनि हामीले कहिले सोल्टा सोल्टिनीको नाता खेदेनौँ, झन् अहिले त मन्जु बहिनीसँग बिहे भो तेता बाट छुट्टै साईनो छ मन्जु फुफुको छोरी पर्छिन् तेसैले पनि, आमाहरु राजधानी आउँदा त्यहि बस्न रुचाउञ्छ्न्न म पनि आमाको साथमा आफ्नै घर नबसेर त्यहाँ बसेको थिएँ ।

पुगेर केहीबेर आराम गरि भाईलाई पुर्याउन बिक्रम भाई र म एरपोर्ट गयौं । बाबाको काम सकेको ३ हप्ता पुग्दा नपुग्दै भाई बाईक बाट लडेर, भर्खर तन्ग्रिन्दै मात्र थियो  तर पनि जागिरमा फिर्ने पर्ने बाध्यता हामी सबैको थियो । यसरि ठुलो भाई बेल्जियम उडेको २ हप्ता पछि माईला उड्यो, बाँकी भोलिदेखि आमाको काममा दौडिने म मात्र रहें । बिहान सबेरै उठेर टेक्सी बोलाई लाग्यौं आमा छोरी फेरि भद्रकाली तर्फ, जाँदा जाँदै सातदोबाटो निर पुग्दा फोन आयो फोन अघिल्लो दिन चिनजान गरेको एकजना आर्मी भाईको थियो उसले भन्यो, दिदी बाबाको बसाईं सराई चाहिने भो ? हजुरहरु संग छ ? अब पर्यो फसाद ! फेरि टेक्सी बाटै कान्छा भाईलाई फोन गरेर सिधै टेक्सीलाई सुन्धाराको एउटा पी.सी.ओ मा लैजान अनुरोध गरें । सारा देसका जनता र नेताहरुलाई आफु हुनुको दुख पोख्दै कुस्ट रोगिझै बाँकी रहेको ठुटो रुंगेर ऐतिहासिक भीमसेन धरहरा बसिरहेको थियो, उही दुखित धरहराको पछाडी रोकियो हाम्रो टेक्सीबाट ओर्लेर केही दोकान डुलेपछि भेटें एउटा पी.सी.ओ त्यहाको फेक्स नम्बर कान्छालाई दिएर म कुर्दै बसे । त्यहाँ एउटी केटि थिईन् उनले भनिन् हिजोपनि एकजना मोटो, मोटो दाई आउनु भाको थियो उहाले पनि आमाको पेन्सन मिलाउनु आएको भनेर आफ्नो नागरिकताको कपि फेक्स गरिमाग्दै थियो । म चुपचाप उनको कुरो सुनेर बसें, त्यो मोटो मान्छे अरु कोहि नभएर मेरो माईला भाई थियो । त्यो नागरिकता हामीलाई नै चाहिएको थियो भनेर भन्न सकिन । किनकी म पुरै थाकिसकेकी थिएँ । आधा घण्टा पछि आयो फेक्स, लिएर चढें उही टेक्सी भद्रकाली पुग्दा बल्ल ९.४५ बजेको थियो । टेक्सीले १ हजार पुरै लियो कारण सुन्धारामा पर्खेको भन्यो । ओर्लेर आमालाई तान्दै भित्र पसें, गेटको मान्छेले भन्यो कहाँ जानुहुने तपाईंहरु ? मैले भने आमाको पेन्सन पट्टा बनाउन, हुन्छ जानुस उसले भन्यो, आमालाई समातेर पाईला चाल्न मात्र के तयारी थिएँ, दिदी त्यो मुखको माक्स खोल्नुस ? अर्को पट्टि बाट एउटी महिला आवाज आयो मुखबाट माक्स तानेर झारें अनि लागेँ भित्र, जाँदा जाँदै आमाले भन्नु भो छि…माक्स पनि लाउनु नहुने ? मैले भने ठिकै छ नि आमा उहाहरुको पनि ड्युटी हो भन्नै पर्छ, गल्ति त मेरो हो ! पस्ने बेला खोल्नु भूलें ।

हामी सारै छिट्टो पुगेछौं, भित्र अफिसको बिल्डिंग पुग्दा मान्छे कोहि थिएनन् । जहाँ जहाँ घाम आउथ्यो त्यहाँ, त्यहाँ आमालाई सार्दै राखें । केहीबेरमा मान्छे हुल भए कोहि हामि जस्तै ३, ४ दिन देखि भेटिरहेका अनुहारहरु थिए । अफिस खुल्यो हाम्रो लागि त्यो भर्खरै चिनेको भाई दौड धुप गर्न थाल्यो, केहीबेर पछि आएर फेरि फोटो भाई र आमा दुबैको ३,३ ओटा चाहिने बतायो म छक्क परें, भाई र मैले अघिल्लो दिन नै ३,३ ओटा फोटो बुझाएर हिडेका थियौं, हेर्नु कस्तो लापरबाही कर्मचारीहरुको ? सरकारी आर्मी क्याम भित्रको हालत यस्तो छ झन् बाहिरको के होला ?
एक बुङ्ग फोटो आमाको सकिसकेको थियो एउटा दिएपछि बाँकी एउटा रह्यो ! भाईको कतै चाहिन्छ कि भनि एउटा राखेथे त्यै पनि गयो । फोटो र बसाईं सराई बुझाएर घाममा बसियो, मान्छे टन्नै थिए बुढापाका भन्दा भर्खरका धेरै थिए सोध्दा सबैले बिदेस जान जागिर छाडेको बताउथे ।

३ बजेतिर एकजना कर्मचारी बाहिर आएर भन्यो आज घर जानुस तपाईँहरु भोलि २ बजे आएर लिनुस् पट्टा सबै तयारी छ ठुलो मान्छेले सहि गर्न मात्र बाँकी छ । किन र उहाले अहिले सहि गर्न नमिल्ने ? मैले भने, उहा बिमारी भएर अचानक हास्पिटल जानु भो अब सब पट्टा लिएर हस्पीटल नै जाँदैछौं तर सहिपछी पनि स्क्यान गरेर मात्र तपाईँहरुलाई दिनु पर्छ त्यो सब आज भ्याउदैन । छेउमा उभिएको एकजना पाको मान्छेले एक नमज्जाको खुई काडेर भन्यो, बाबू ! कति सजिलो गरि आज घर जानुस् भन्नु भो मेरो घर त दाङ्ग हो अहिले कसरी जानु सक्छु ? अपÞmन्ता पनि छैनन होटलमा बसेको ३ दिन भो, यहाबाट पाउने पैसा भन्दा धेर खर्च भैसक्यो । हामी सबैले हो मा हो थपेर बाटो लाग्यौं । भोलिपल्ट पनि २ बजे मात्र बोलाएपछि अतालिन्दै आमालाई सोनाकोटी पुर्याएर, म टिकट सार्न धनबिर भाईलाई फोन गर्न थालें कारण आज काम बन्ला भनेर रिटन टिकेट भोलिको थियो । भाईले भन्यो दिदी बिराटनगरको उडानहरु रद्ध भएर भद्रपुरको उडान एकदम प्याक छ मिलाउन मुस्किल पो होला त ? उसोभए ठिकै छ पर्सि पहिलो फ्लाईट्मा सारिदिनुस न प्लिज मैले भने ! केहीबेरमा फोन गर्यो तर पहिलो फ्लाईट भद्रपुरको होइन बिराट्नगर को हुन्छ, भद्रपुर त छँदै छैन ! करै लाग्यो ओके गर्न र गरियो पनि ।

भोलिपल्ट १.३० बजे फेरि हाजिर भैयो सधैं झैं घाम ताप्न भद्रकालीमा काठमाण्डूमा बिना पैसा ताप्न पाईने घाम र धुलो मात्र त हो । बस्दा बस्दा २.३० तिर नाम आयो उही भर्खरै चिनेको नाम थाहा नभएको भाईले पट्टा लिएर आयो । हुन त भाईले आफ्नो नाम र परिचय छातीमै भिरेको थियो तर, पनि नाम कण्ठ थिएन मलाई, पट्टा लिएर फेरि छाप लाउन, उही भाई र म दौडेर त्रिपुरेश्वर पुग्यौं । बाटो पुरै जाम थियो, १० मिनेट लाग्ने ठाउमा पुरै ४५ मिनट लाग्यो । टेक्सिले जामको बहानामा पुरै २५० रु लियो ्र मैले टेक्सीलाई पैसा दिंदै गर्दा, भाई दौडेर १४ नम्बर काउन्टर मा पुगेर पट्टा बुझाई सकेको थियो । त्यहाबाट फेरी माथी तला चढेर निबेदन लेखाई ल्याएर छाप हाल्यौं । त्रिपुरेश्वर बाट आएर, अर्को पहेलो पट्टा लिने कल्याणकारी फाँटमा पुग्यौं त्यहाँ फेरि आमाको २ ओटा पास फोटो चाहिने भो, म संग जम्मा एउटा फोटो मात्र थियो त्यो पनि ठुलो भो भन्यो । म थाकेर रातोपिरो भैसकेकी थिएँ । मेरो अनुहार हेर्दै त्यो सहयोगी भाईले भन्यो दिदी सिंघ दरबार गेटको ठ्याक्कै अगाडी कर्नरमा एउटा ( साईबाबा फोटो स्टुडियो ) छ त्यहाँ जानुस एकैछिनमा हुन्छ । म फेरि दौडिएँ म्याराथुनको रफ्तारमा, तर त्यो स्टुडियो देख्दै देखिन दरबार नाघेर धेरै माथि पुगेर सोधें एउटा दोकानमा ! सोध्दा सोध्दै देखें एउटा स्टुडियो बाटो पारी, बाटो मुस्किलले काटेर पारी तरी ठुलो स्वास फेरें, तर, स्टुडियोमा लाईन थिएन …म अतालिएर असिन पसिन थिए । मेरो उदार गर्न आए झैं टुप्लुक्क लाईन आइपुग्यो, भित्रै मनैदेखि धन्याबाद दिएँ बिजूलि बत्तीलाई, अनि बिना नेगेटिभ फोटोले, फोटो धुलाएर १५० तिरी फेरि बल्लैले पारी तरें, बाटो काट्ने ठाउँ जेब्रा क्रसिंग नै भएपनि यहाको गाडीहरुलाई झ्याप्पै रोक्ने नियम थिएन बिदेस जस्तो । त्यस्तो जाडोमा पनि मलाई पसिना खलखल आईरहेको थियो, निधारको पसिना पुछ्द्दै दौडिदा पो देखें “साईबाबा फोटो स्टुडियो“ त, तेस्का बाजे ! त्यहि नजिकै थिएछ ्र त्यस्तरी अतालिएको बेला आँखा सामुन्नेको स्टुडियो नदेख्दा, सानोमा मामाघर जाँदा मामासंग करेला टिप्न बारी पस्दा नाखैमा झुन्डिएको करेला नदेखेको याद आयो, मनमनै हाँसे एक्लै । फोटो बुझाएर लखतरान भएर बस्दै मात्र थिएँ फेरि नाम आयो हाजिर भएँ, कल्यानाकारी पट्टाको बैक स्टेटमेन्ट प्रस्ट नभएकोले अर्को तुरुन्त मगाउनु पर्ने भयो  रिसलाई दबाएर थकित स्वरना भने, होइन सर नेपाल बैंक भद्रपुर मा २ दिन धाएर पहेलै पट्टा देखाएरै लिएको हो यो स्टेट मेन्ट  मेरो भनाई अनुरोधले केहि सिप नलागेपछि दुख नदिऊ भन्ने सोचेको, एकजना चिनजानको कर्नेल सापलाई कल गरेर ईतिब्रितान्त बताएँ । उहा काठमाण्डू मै भएपनि अर्कै तिर हुनुहुन्थ्यो । उहाँले फोन अफिसको मान्छेलाई दिनु भन्नु भो, मैले फोन दिएँ, उसले लिन मानिरहेको थिएन, तै पनि हजुरहरुकै अफिसर हुनुहुन्छ भने पछि लियो । समस्या पछि बल्ल उसले भन्यो, बाबाले यो पट्टाको पैसा पोर साल माघ सम्म थापेको देखिन्छ अब त्यसैको आधारमा बनाई दिन्छु भनेर भन्यो ! बास्तबमा पट्टामा प्रस्ट देखिएको र हामीले चाहेको पनि त्यहि थियो । हुन्छ अझ तेतिले पनि हुन्न भने म भद्रपुर बैंकमा भाईलाई पठाएर कुरो गर्न लाउछु पनि भने, अनि कान्छा भाईलाई फोन गरेर बैंकमा पुगी कल गर्नु भने, केहीबेरमा फोन आयो अनि कुरो गर्न लगाएँ …बाबाले माघ सम्मकै लिएको रहेछ जुन पट्टामा प्रस्ट थियो, बल्ल काम बन्यो त्यहाबाट आमाले बाचुन्जेल थाप्ने पेन्सन, र एकल महिला कल्याणकारी कोष बाट पाउने सबै हिसाब किताब पाईयो तर, बाबा बित्नु अघि १ महिनाको पेन्सन थाप्नु भएको थिएन त्यो भने अब सरकारी कोषमा जाने आमाले नपाउने भनि एउटा चिट्ठी पनि पाईयो सबै लिएर पट्टा ज्ञ तलामाथि बुझाईयो त्यहाबाट बाबाको काजक्रिया खर्च २५ हजार पाईने रहेछ, केहीबेरको पर्खाईपछि, चेक पाईयो, लिएर फेरि त्रिपुरेस्वरको नबिल बैकमा पुगि पैसा थापेर लाग्यौं उकालो सुनाकोटी तिर ।

तेस्पछि, भोलि पल्ट बिराटनगर उड्न काठमाण्डू एर्पोट दिनको २ बजे सम्म बसेर हाम्रो उडान रद्द भएको जानकारी पाईयो । सारै दुख लाग्यो काठमान्डू फेरि एक दिन बस्न पर्ने हुँदा ! टेक्सीमा जाँदै धनबिर लाई कल गरें तर ३ दिन सम्म कुनै सिट नभएको बताएपछि जे सुकै होस् भनि डे मा पूर्व जाने माईक्रोमा ए र बि सिट्को टिकट लिएर आराम गर्न थाल्यौं । भोलि पल्ट सबेरै अघिल्लो दिनको, दिन एरपोर्ट जाँदाको दिनलाई सम्झंदै फेरि लागियो कोटेश्वर । माईक्रोमा चढेर लाग्यौं आमा छोरी, म पहिलो पल्ट हिड्दै थिएँ सिन्धुलीको बाटो तेसैले पनि होला एकदम खुशी र एक्साई टेड थिएँ, आमालाई भने गाडीमा चढ्न र ओर्लन निक्कै मुस्किल र कठिन थियो तै पनि आफुलाई सम्हाली रहनु भएको थियो । काठमान्डू छाडेर हिडेको केहि घण्टा पछि गाडी सिन्धूलि पुग्यो, सिन्धूलि एकदम रमाईलो लाग्यो सुनकोशीको तिरै तिर, जताततै सुन्तलाको पहेलै दोकान वारी वारी हरियाली पारीपट्टी भने एकदम उराठ लाग्दा डाँडा, रुखपातहरु पनि बिरक्तिएर रोई रहेझैं देखिने पहाड हरु, कस्तो अचम्मको प्रकृति !
गाडीको बाटो सानो भएपनि एकदम आकर्षक, नागबेली परेको ! म बिल्कुलै अपरिचित थिएँ त्यो ठाउँको सोध्न पनि सकिन कसैलाई त्यहाँ देखिने ती सुन्दर दृस्य र ठाउहरुको नाम, कारण ! आमा र म अगाडी ड्राईभर को छेउको सिटमा थियौं  ड्राईभर भर्खरको अलि चुञ्चा टाईप को देखिन्थ्यो गाडी हांक्दा यति डर लाग्थ्यो झन् बोलाउन त आँट नै गर्न सकिन । चुपचाप बसेर आँखा चिम्म नगरी रमिता हेरेरै बर्दिबास पुगेँ । बर्दिबास निस्किएपछि बाटो सजिलो भो एकैछिनमा झापा पुगियो ।
ताप्लेजुङ् हालः अस्कफोर्ड बेलायत