मदरल्याण्ड स्कुलको १८ औं वार्षिकोत्सव ( चार तस्विरमा हेर्नुहोस्)

260

चैत २५,
भक्तपुर । छोटो समयमा नै शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मदरल्याण्ड अंग्रेजी स्कूलले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ९ मा रहको विद्यालयले सो अवसरमा “सम्मान एवं पुरस्कार वितरण कार्यक्रम-२०७४ समाज र राष्ट्रका लागि योगदान पुराउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको हो । विश्व प्रख्यात अध्यात्मिक चिन्तक डा. चिन्तामणी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भक्तपुरमा जन्मेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा विभिन्न पदक जित्न सफल टेबल टेनिस खेलाडी शिव सुन्दर गोथे, संचारकर्मी रमेश गिरी आशा, शिक्षाविद शान्ति निकेतन मा.विका पूर्व प्रिन्सिपल मिनाक्षीलक्ष्मी प्रजापति, कवि तथा साहित्यकार जीवनाथ अधिकारी र गायक तथा रंगकर्मी महेश्वर बोहोरा ‘मानस राज’ लाई खादा तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा शैक्षिक सत्र २०७४ का विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुमध्ये हस्तलेखन तर्फ नेपालीमा अञ्जु त्रिपाठी, अंग्रेजीमा रोजिना रसाइली, खेलकुदमा अमृत माझी, सरसफाइमा सोनिया श्रेष्ठ, इभा लोहोला, चित्रकारमा विवेक श्रेष्ठ, प्रसुन लामा, नियमित हाजीरीमा मल्लिका सिंजाली थापा, सर्वोत्कृष्ट वर्ष विद्यार्थी विपिन कार्की र नम्रता लामा तथा उत्कृष्ट वर्ष शिक्षक राधेश्याम कासुलालाई वर्ष सम्मान २०७४ ले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु पस्केका थिए । साथै विद्यार्थीहरुले तेक्वाण्डोका डेमो समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि डा। योगीले अहिलेका बालबालिकालाई असल व्यवहार सिकाउने शिक्षा लागु गर्नु पर्ने बताए । मार्कसिटमा बढी नम्बर भन्दा पनि मातृभूमिको माया गर्ने र समय सुहाउँदो व्यवहारिक ज्ञान प्राप्त गरेको शिक्षा उत्तम हुने डा. योगीले धारणा राखे ।   विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति विवरण पेश गरेको कार्यक्रममा भक्तपुर जिशिअ अर्जुन बहादुर रायमाझी, एन प्याब्सन भक्तपुरका अध्यक्ष जि।बि। खड्का, जिल्ला शिक्षा कार्यालयका अधिकृत विमलप्रसाद निरौला, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, कलाकार, निर्देशक तथा नाट्यकर्मी महासंघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द लगायतको उपस्थित रहेको थियो ।