मेसीको ह्याट्रिकमा बार्सिलोनाको अपराजित यात्रा कायमै

147

चैत २५,
लिओनल मेसीले ह्याट्रिक पूरा गरेको खेलमा बार्सिलोनाले ला लिगामा ऐतिहासिक अपराजित यात्रा ३८ खेलसम्म जारी राखेको छ। लिगको ३१ औँ खेलमा शनिबार बार्सिलोनाले लेगानेसलाई ३(१ ले हराउँदै उपाधि होड बलियो बनाएको हो। लिओनल मेसीले खेल जीवनको ४५ औँ ह्याट्रियक पूरा गरे। खेलमा मेसीले २७, ३२ र ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। लेगानेसका इल झारले ६८ मिनेटमा गोल गरे पनि टिमका लागि सान्त्‍वना गोलका रूपमा मात्र रह्यो। मेसीले बार्सिलोनाका लागि भने ४० औँ ह्याट्रिक सम्भव बनाए। बाँकी ५ ह्याट्रिक देशका लागि गरेका छन्। मेसीले जारी सिजनमा २९ गोल गरिसकेका छन्। बार्सिलोनाले स्पेनमा बढी खेलमा अपराजित हुने रियल सोसिडाडको रेकर्डसँग बराबरी गर्न सफल भयो। सोसिडाड सन् १९७८ देखि १९८० सम्म ३८ खेलसम्म अपराजित यात्रालाई कायम राखेको थियो। जितसँगै बार्सिलोना ला लिगाको उपाधि होडनजिक पुगेको छ। शीर्ष स्थानको बार्सिलोनाले ३१ खेलबाट ७९ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको एट्लेटीको म्याड्रिडको ६७ र तेस्रो स्थानको रियल म्याड्रिडको ६३ अंक रहेको छ।