पुर्वराष्ट्रपति पक्राउ

124

चैत २७,
काठमाडौं । भ्रष्टाचार, कर छली र दुरपयोगको अभियोगमा दक्षिण कोरियाका पुर्वराष्ट्रपति लि म्युङ बा पक्राउ परेका छन् ।
उनलाई भ्रष्टाचार, कर छली र दुरपयोगको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको हो । यसै साता भ्रष्टाचार पुष्टि भएपछि निवर्तमान राष्ट्रपति पार्क जिउन हाईमाथि अदालतले २४ बर्षे जेल सजाय सुनाएको थियो । त्यसको केही समयमै बाक पक्राउ परेका हुन् । सोलमा रहेको केन्द्रीय जिल्ला न्यायाधिवक्ताको कर्यालयले अटो पार्टस बनाउने डिएएस नामक कम्पनीको खास मालिक उनी नै भएको पत्ता लागेकोल उनलाई पक्राउ गरिएको जनाएको छ । झण्डै तीन महिनादेखि गरेको अनुसन्धानबाट सो कम्पनीमा उनको संलग्ना र त्यहाँ भएको अनियमितता पुष्टि भएको अधिकारीहरुले बताएका छन् ।