भूकम्पबाट प्रभावित विद्यालयलाई कोरियाली सहयोग

199

चैत २७,
पर्वत । विसं २०७२ मा गएको भूकम्पबाट प्रभावित बनेको पर्वतको कुस्मा नगरपालिका–११ पकुवाको वीरेन्द्र माध्यमिक विद्यालयलाई कोरियाली नागरिकले सहयोग गरेका छन् ।कोरियाको ख्वांङ्जु महानगरका सहयोगी नागरिकले उक्त विद्यालयको पुनःनिर्माणमा सहयोग गरेका हुन् । ख्वाँङ्जु महानगरका मेयर युङ जङ् याङ्को नेतृत्वमा आएको टोलीले विद्यालयको निरीक्षण गरी सहयोग गरेका हुन् । पहिलो चरणअन्तर्गत पकुवामा निरीक्षण गर्न आएको टोलीले विद्यालयको मर्मतका लागि रु दुई लाख हस्तान्तरण गरेको छ भने आगामी दिनमा विद्यालयको पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा मेयर याङ्ले नेपालमा गएको महाभूकम्प र त्यसले पारेको क्षतिबाट आफूसमेत दुखी भएको बताउँदै पुनःनिर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।