इस्टर्न सुगर मिलका प्रबन्धक पक्राउ

197

चैत २७,
सुनसरी । सुनसरीस्थित इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्तालाई पक्राउ गरेको छ। उखु किसानलाई रकम भुक्तानी नगरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो। भारतीय सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकास्थित अमाहीबेल्हामा रहेको मिलले किसानसँग उखु खरिद गरेबापत भुक्तानी गर्नुपर्ने करिब ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। किसानलाई पटक–पटक भुक्तानी गर्ने आश्वाशन दिएपनि रकम नदिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ। सुनसरीका निमित्त प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद चिमोरियाले किसानलाई भुक्तानी रकम नदिएपछि सोधपुक्षका लागि नियन्त्रणमा लिएको बताए।