विश्व हिन्दु महासंघले दियो यस्तो चेतावनी

689

चैत २८,
काठमाडौं । विश्व हिन्दु महासंघले हिन्दुधर्म गुरुमाथी आक्रमण भएको भन्दै त्यसको विरोध गरेको छ । महासंघका महासचिवद्धारा जारी प्रेस वक्त्तव्यमा यस्ता गतिविधि गर्नेलाई कारवाही गर्न सरकार समक्ष माग गरिएको छ ।
विश्व हिन्दु महासंघ, केन्द्रीय (अन्तर्राष्ट्रिय) समितिको प्रेस वक्तव्य यस्तो रहेको छः
आदरणीय पत्रकार साथीहरु,
नेपाली मौलिक सनातन हिन्दु धर्म संस्कृतिको “सर्वे भवन्तु सुखिन” र “वसुधैव कुटुम्वकम्” भन्ने मान्यताका कारण सदियौंदेखि नेपालमा धार्मिक सद्भाव र जातीय एकता कायम भएको विदितै छ । तर केही समय यता सनातन हिन्दू धर्मावलम्बीहरुको यस मान्यतालाई कमजोरी सम्झेर हिन्दु अभियन्ताहरुमाथि परधर्मीहरुबाट कायरपूर्ण ढङ्गले श्रृंखलावद्ध रुपमा हमला हुँदै आएको हामी माझ लुकेको छैन । यही कायर हमलाको श्रृंखलाकै रुपमा हिन्दु अभियन्ता युवा सन्त श्रीनिवासाचार्यमाथि हत्या गर्ने मनसायका साथ विराटनगरमा गरिएको गोली प्रहारको घोर भत्र्सना गर्दै ९४ प्रतिशत भन्दाबढी सनातन ॐकार परिवारका धर्मावलम्बीहरु बसोवास गरेको मुलुकमा त्यही परिवारभित्रकै अभियन्तामाथि गोली हानी हमला गर्ने व्यक्तिरसमूहलाई तत्कालै कानूनी कठघरामा ल्याउन विश्व हिन्दू महासंघ सरकारसँग जोडदार माग गर्दछ । साथै सनातन धर्मावलम्बीहरुको अन्य धार्मिक समूहमाथिको भाइचारा र उदारतालाई कम्जोरीका रुपमा नबुझ्न समेत विश्व हिन्दू महासंघ अपिल गर्दछ ।
पत्रकार साथीहरु,
हामी अझै पनि हाम्रो धार्मिक सद्भाव, भाइचारा र आत्मियतालाई कायमै राख्न चाहन्छौं, तर हाम्रा अभियन्तामाथि गरिएका हमला भने हामीलाई कदापि स्वीकार्य हुने छैनन् । तसर्थ हामी सरकारसँग आग्रह गर्न चाहन्छौं राज्य संवेदनशील बनोस् नत्र हामी पनि यसको जवाफ दिन वाध्य हुनेछौं र त्यो जवाफ आक्रमणकारी र राज्य दुवैलाई महंगो सावित हुनेछ ।
पुनश्चः आज सम्पन्न केन्द्रीय समितिको आकश्मिक बैठकबाट युवा सन्त श्रीनिवासाचार्यको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने तथा हिन्दू अभियन्ता एवं पूर्वमन्त्री स्व।खुमबहादुर खड्का र यस महासंघका सचिव वेदप्रसाद दाहालकी ममतामयी माता स्व।लिलामाया दाहालको शोक प्रस्ताव पारित गर्दै उहाँहरुप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्ने निर्णय गरेको समेत जानकारी गराउँछु ।
जय सनातन हिन्दु राष्ट्र नेपाल ।
शम्भुहरि बास्तोला
महासचिव
केन्द्रीय (अन्तर्राष्ट्रिय) समिति