राजपा अध्यक्ष ठाकुर बिरामी

333

चैत २८,
काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर मंगलबार नियमित स्वास्थ्य परिक्षणको लागि भारतको राजधानी नयाँ दिल्ली गएका छन् । सोमबार राजपा अध्यक्ष मण्डलका अर्का नेता महेन्द्र राय यादव पनि दिल्ली गएका छन् । महन्थ दिल्लीमा रहँदा राजनीतिक भेटघाट हुन सक्ने राजपा नेता केशव झाले जानकारी दिए । दुवै नेता स्वाथ्य परिक्षणको लागि दिल्ली गएको नेता झाले बताए ।