पहिरोले पुरिएर छ बेपत्ता

155
फाइल तस्बिर

चैत २८,
एजेन्सी । दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन् । स्थानीय समयानुसार बुधबार बिहान ३:५० मा आएको पहिरोले याबाकैका तीन ओटा घरसमेत बगाएको स्थानीय अधिकारीहरु जनाएका छन् । पहिरोको बाटो आएर पुरिएको ठाउँबाट माटो हटाउन विभिन्न यन्त्रहरु मगाइएको उद्धार कार्यमा खटिएका स्थानीय अधिकारीहरुले बताएका छन् । सुरक्षाकर्मीहरुले पनि उद्धार तथा खोजीका लागि घटनास्थलमा सहयोग गरिरहेको उनीहरुले बताएका छन् ।