पद्म उच्च माविमा शैक्षिक प्रर्दशनी सम्पन्न( ५ तस्विरमा हेर्नुहोस्)

517

चैत २९,
भक्तपुर । भक्तपुरको दरवार स्क्वाएरमा रहेको श्री पद्म माविमा बृहत शैक्षिक प्रर्दशनीको आयोजना भएको छ । बिहिबार एक दिन भएको उक्त शैक्षिक प्रर्दशनीमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न विषयमा प्रर्दशनी गरेका विद्यालयका प्राचार्य राम हाडाले जानकारी दिए । यस विद्यालय र कजेलले अन्यत्रका कार्यक्रममा सहभागी भई उत्कृष्ट भएका प्रयोगात्मक क्रियाकलाप, भुकम्प प्रतिरोधी डिजाइन, अतिरिक्त क्रियाकलाप, सरसफाई लगायतका प्रर्दशनी गरिएको छ । उक्त कार्यक्रममा विज्ञान र सिभिल इन्जिनियरिङ विषयका विद्यार्थी प्रर्दशन मुख्य आर्कषण रहेको थियो । यो प्रर्दशनीबाट विद्यार्थीहरुले नयाँ विषयमा शैक्षिक ज्ञान हासिल गरेको प्रार्चाय हाडाको भनाई छ । विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, सर्वराधरणहरुले प्रर्दशनीको अवलोकन गरेका थिए । प्रर्दशनी अवलोकन गर्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणी पौड्ल, पाठ्यक्रम विकाश केन्द्रका कार्रकारी निर्देशक कृष्ण प्रसाद काप्रीलगायतको उपस्थिती रहेको थियो । पद्य मावि र उच्चमाका विभिन्न कक्षामा अध्यनरत १ सय विद्यार्थीले भाग लिएको उक्त प्रर्दशनीमा पाँचसय भन्दा धेरैले अवलोकन गरेका थिए ।